डाइपरमा लुकाएर ल्याइएको ३१७ ग्राम सुनसहित २४ वर्षिय महिला नियन्त्रणमा

Posted on: 21 Apr, 2022

वैशाख ८, काठमाडौँ | त्रिभुवन भन्सार कार्यालयले डाइपरमा लुकाएर ल्याउँदै गरेको ३१७ ग्राम सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । कार्यालयले कतार एअरवेजमार्फत दोहाबाट काठमाडौं आएकी महिलालाई नियन्त्रणमा लिएको हो ।

दोलखाकी २४ वर्षिय महिला यात्रु हिजो वैशाख ७ गते बेलुका ७ बजे काठमाडौं ओर्लिएकी थिइन् । त्रिभुवन भन्सार कार्यालयले उनको साथबाट ४२ थान बच्चाको डाइपरमा लुकाएर ल्याइएको ३१७ ग्राम सुन नियन्त्रणमा लिएको छ । ती महिलाले २५० वटा टुक्रा पारेर ४२ वटा डाइपरमा उक्त सुन लुकाएकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!