Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ मंसिर १० गते, बिहान ८:३० बजे
कृषि गतिबिधी

नयाँ प्रविधिसँगै किसान मकैखेतीतर्फ आकर्षित

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १०, बाँके | बीउ छर्ने र मल हाल्ने प्रविधि भित्रिएसँगै बाँकेका किसान मकैखेतीतर्फ आकर्षित भएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मकै जोनले नयाँ उपकरण उपलब्ध गराएपछि यहाँका किसानले गत वर्षदेखि ती उपकरणको प्रयोग गरी मकै छर्न थालेका हुन् । यसरी बीउ छर्दा छिटो हुने भएकाले समयको बचत हुने मकै जोनका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत देवेशकुमार मिश्रले बताउनुभयो । 

डुडुवा गाउँपालिका– ६ हिरमिनियाका जयपाल मौर्यले मकै छर्ने र रासायनिक मल हाल्ने काम मेसिनले एकसाथ गरेकाले समय र लागतको बचत भएको बताउनुभयो । कामदार पाउन समस्या भएको बेला नयाँ प्रविधिकशा कारण खेती गर्न सहज भएको मौर्य बताउनुहुन्छ । उहाँले गत वर्ष १२ हेक्टर जमीनमा मेसिनद्वारा मकै छरेको र यसवर्ष ‘सिड ड्रिल मेसिन’मार्फत ४० हेक्टरमा मकै छर्ने योजना बनाउनुभएको छ । 

“मकै जोन लागू भएपछि मकैखेतीको क्षेत्रफल र मकैखेती गर्नेको सङ्ख्या बढेको छ,” मिश्रले बताउनुभयो । जिल्लामा ३५ कृृषक समूह र सहकारीमा आवद्ध एक हजार पाँच सयभन्दा बढी कृषकले मकैखेती गर्दै आएका छन् । जिल्लामा धान रोप्ने, गहुँ छर्ने र काट्ने मेसिनको प्रयोग गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ ।