Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ मंसिर १६ गते, दिउँसो १:१४ बजे
कन्चनपुर - KNC

मानिस आफ्नो स्वास्थ्यमा आफै खेलवाड गर्दै

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १६, कंचनपुर | आजभोली धेरै उब्जनी गर्ने भन्दै दिन प्रतिदिन हरियो साँग-सब्जी तथा अन्न उत्पादनमा अनेका प्रकारका रसायन, बोट विरुवामा लाग्ने किरा मार्न अनेक प्रकारका विषादी प्रयोग गरेर मानिस आफ्नो स्वास्थ्यमा आफै खेलवाड गर्दै आईरहेको छ । जसले गर्दा दिन प्रतिदिन नयाँ नयाँ रोगहरुको शिकार लागि रहेको छ । 

क्यान्सर, डाइविटीज, टिभी, डिप्रशन, आँखा दुख्ने, पेट दुख्ने र बाँझपन जस्ता विमारी यस्तै दुषित पदार्थको प्रयोगले गर्दा भै रहेको छ । अब यसको रोक थामको लागि हामी सबैले किटनासक विषादी र युरिया जस्ता रसायनको प्रयोग नगरी हाम्रै वरिपरि भएका जडीबुढी मलखाद्दको प्रयोग गरेर यस बाट बच्न सकिने बषैं देखि जडी बुटी सम्बन्धी अनुसन्धान गर्दै आएका राजु सिह खड्काले बताउनु भयो ।

आफुले नगरपालिका र यहाँका प्रत्येक वडाहरुमा जडिबुटि खेति गर्नु पर्ने माग राख्दै आएको, जसको लागि सरकारले छुट्याएको केही रकमबाट जडिबुटि उब्जनी गर्न सके तिनै जडीबुटिको प्रयोग गरी ति विषादी तथा रसायनिक पदार्थको प्रयोग नगरी अन्न बाली उब्जान सकिने र त्यसबाट आउदो पिडिमा हुने रोगको समस्या हट्ने खडकाले बताउनु भयो ।

उप–महानगरपालिका धनगढी वडा नं. ३ मा वडा कार्यालय सँग सहकार्य गरी आफुले यस प्रकारको जडी बुटी खेती गर्न लागेको बताए । जसले गर्दा वडामा आयुवेर्दको स्तर बढने छ र तिनै जडीबुटीको प्रयोग गरी रोग लाग्नु भन्दा अगाडि नै बच्न सकिने खड्काले बताए । 

यहि मंसिर १३ गते अनेक प्रकाका विषादीको प्रयोग बाट १ करोड बालबालिकालाई विभिन्न प्रकारका रोग लाग्ने भन्दै संविद्यानको धारा १६ देखि ४७ सम्म नेपाल सरकारले कार्यन्वयन नगरेकोले नेपाल सरकार विरुद्ध उनेल मुद्दा पनि दायर गरेका छन् ।