2026-11-17 05:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै

काठमाडौँ | कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-८ का दानबहादुर सुनार शारीरिक रूपमा अशक्त हुनुहुन्छ । दानबहादुर जन्मिने बेला अरु जस्तै सामान्य हुनुहुन्थ्यो । चार वर्षको उमेरमा उहाँ बिरामी हुनुभयो । त्यसपछि विस्तारै शरीर सुक्दै गएपछि अहिले पूर्ण रूपमा अशक्त हुनुहुन्छ । उहाँलाई शरीरले साथ नदिए पनि मन र सीप असाध्यै सबल छ । हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा रहनुभएका दानबहादुरले हार मान्नु भएन ।

उपचारका लागि परिवारले सकेको प्रयास गरेका बताउँदै दानबहादुरले अस्पताल धाउँदाधाउँदै पनि कमजोर आर्थिक अवस्थाका कारण समयमा रोग निदान हुन नसकेको उल्लेख गर्नुभयो । अहिले उहाँले सरकारबाट सामाजिक सुरक्षा भत्ता पनि पाउनुहुन्छ । उहाँले हिम्मतका साथ आफूमा भएको क्षमतालाई सदुपयोग गर्दै निरन्तर कर्ममा लागेपछि अहिले परिवारका लागि आर्थिक सहारा बन्नुभएको छ ।

“घरमा ल्याएको रेडियो बिग्रियो त्यो रेडियोबाट उसले मर्मत गर्न सिकेको हो”, दानबहादुरकी आमा उषा सुनारले भन्नुभयो, “त्यसै रेडियोबाट सिकेर अहिले मोबाइलको डिस्प्ले फेर्ने, रेडियो, टर्च र बुफरहरू मर्मतको काम गर्छ ।” दानबहादुरले पछिल्लो समय अरुलाई हाउस वायरिङ गर्ने काम सिकाउन थालेको उहाँको भनाइ छ ।

सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता दानबहादुरको जीविकोपार्जन प्रमुख स्रोत हो । “भत्ता मात्रै जीवन चलाउन पर्याप्त नभएपछि उहाँलाई आफ्नो क्षमता देखाउने आत्मबल बढ्दै गयो । शरीरले गर्न नसक्ने काम धेरै थिए, तर हात–आँखाका बलमा गर्न सकिने साना सीपले उसलाई आर्थिक सहारा दिन सहयोग पुगेको हो”, आमाले भन्नुभयो ।

“अरुको सहयोगमा रेडियो, मोबाइल टर्चलगायत सामग्री मर्मत म आफैँ गर्छु, हाउस वायरिङका लागि अरु साथीभाइलाई सिकाउने गरेको छु”, दानबहादुरले भन्नुभयो, “गाउँको व्यवसाय हो । कोही पैसा दिएर जान्छन् कोही त्यतिकै मर्मत गराउँछन् । तर, थोरै भए पनि आम्दानीको स्रोत बनेको छ ।” उहाँले परिवारको आर्थिक अभावका कारण आफ्नो सीपलाई व्यवसायिक बनाउन नसकेको बताउनुभयो ।

“थोरै आम्दानी भए पनि परिवारलाई सहयोग पुगेको छ”, सुनारले भन्नुभयो, “अरुलाई पनि आत्मनिर्भर बन्नका लागि हाउस वायरिङ र मर्मत गर्न सिकाउने गरेको छु ।” पौरख गर्न पाखुरामा दम मात्रै होइन, हातखुट्टा सध्य चाहिन्छ उहाँले भन्नुभयो । पूर्ण रूपमा अशक्त दानबहादुर अहिले दोधाराका थुप्रै युवाको गुरुमात्रै होइन, प्रेरणाको स्रोत बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले विपद् उद्धार कोषको रकम दुरुपयोग हुँदैन, पारदर्शी रूपमा खर्च हुन्छ : महावीर पुन स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ स्थानीय चुनावमा एमाले पहिलो र रास्वपा चौथो हुने महेश बस्नेतको दाबी प्रधानमन्त्री बालेनको कार्यशैली अलोकतान्त्रिक र स्वेच्छाचारी छ : शंकर पोखरेल रास्वपाले कानुनी प्रक्रिया नजान्दा अघिल्लो स्थानीय चुनावमा भाग लिन पाएन : शंकर पोखरेल परराष्ट्रमन्त्री खनाल र नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेलाई भेट्न सर्लाही पुगे सभामुख अर्याल बझाङमा अटो दुर्घटना : तीन जनाको मृत्यु, एक बालक बेपत्ता तीन देशका लागि नवनियुक्त राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कांग्रेस सुदूरपश्चिम अधिवेशनको उद्घाटन शेरबहादुर देउवाले गर्ने धनुषामा छठघाट कुर्न बसेका ६० वर्षीय पुरुष मृत फेला लगातार घट्दै सुनको मूल्य, आज तोलामा १,१०० रुपैयाँले गिरावट; चाँदी पनि घट्यो नागरिकका मुद्दामा सरकारले कदम चालोस्, कांग्रेस बाहिरै बसेर सहयोग गर्न तयार छ : प्रदीप पौडेल कांग्रेस सभापति थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेट, छोराको पढाइको जिम्मा लिने प्रतिबद्धता विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र एनपीएल : चितवनमाथि कर्णाली याक्सको शानदार जित अब बसाइँ सरेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन पाइने राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक कर्णाली याक्सले चितवनलाई दियो १५४ रनको लक्ष्य