Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ माघ २७ गते, दिउँसो २:०५ बजे
कृषि गतिबिधी

बैतडीकै पहिलो बाख्रा पालन श्रोतकेन्द्र स्थापना

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कृष्ण बिष्ट | माघ २७, बैतडी | बैतडीमा पहिलो बाख्रा पालन श्रोतकेन्द्र स्थापना भएको छ ।  जिल्लाको पाटन नगरपालिका वडा नं १० ले वडालाई  बाख्रा पालनको क्षेत्रमा अब्बल तथा बाख्रा पालक किसानलाई आत्म निर्भर बनाउने उदेश्यले जिल्लाकै पहिलो बाख्रापालन सिद्धपुर बाख्रा पालन श्रोतकेन्द्र स्थापना गरीएको हो । पाटन १० बाख्रा पालन गर्नका लागि उपयुक्त क्षेत्रको रुपमा रहेको छ । यस नव स्थापित बाख्रा पालन श्रोतकेन्द्रलाई बाख्रा अनुवजांसीक विकास केन्द्र बुढीतोला कैलाली सँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरीएको वडा कार्यालयले जनाएको छ । 

गत बुधबार एक कार्यक्रमका बिच सिद्धपुर बाख्रा पालन श्रोतकेन्द्र स्थापना भएको हो । ब्यावासायिक बाख्रा पालक किसान पदम सिँह बोहराको संयोजकत्वमा ३ सदस्यीय मूल समिती गठन गरीएको छ । यस समितीमा वडाका बाख्रा पालक किसान सबै सदस्यको रुपमा रहने वडा अध्यक्ष देवेन्द्र कुवँरले जानकारी दिनुभयो । 

वडा नं १० भित्रका ब्यावसयिक बाख्रा पालन गर्ने किसानहरुले यस बाख्रापालन  श्रोतकेन्द्र मार्फत थुप्रै सहयोग प्रप्त गर्ने छन । वडा अध्यक्ष देवेन्द्र कुवँरका अनुसार यस बाख्रा पालन श्रोत केन्द्रबाट ब्यावसायिक किसानहरुलाई खोर ब्यावस्थापनको लागि प्रत्येक चार चार महिनामा तालिमको ब्यावस्था, निशुल्क रुपमा औषधी बितरण, नस्ल सुधारको लागि उन्नत जातका बोकाको ब्यावस्था र बजारीकरणमा समेत सहयोग पुर्याउने उहाले बताउनुभयो । 

वडा  नं १० मा बाख्रा पालन किसान धेरै रहेकोले ब्यावसयिक रुपमा अगाडी बढ्न चाहाने किसानहरुको यस श्रोत केद्रले सहजीकरण गर्ने बिश्वास लिएको स्थानिय मूल समितीकी कोषाध्यक्ष्य जानकी भट्टले बताउनुभयो । 

वडा कार्यालयले बाख्रा पालन सम्बन्धि बुधबार देखि एक हप्ते तालिमको समेत बयवस्था गरेको छ । वडाका २५ जाना किसानहरुलाइ पहिलो बाख्रा पालन सम्बन्धि गोठ ब्यावस्थापनको बारेमा बाख्रा अनुवजांसीक विकास केन्द्र बुढीतोला कैलालीको सहजीकणमा तालिमको पनि ब्यवस्था गरेको वडा कार्यालयल जनाएको छ । 

नगरपालिकाले पनि कृषीलाई प्राथगमिकतामा राखेकाले बाख्रा श्रोतकेन्द्रको रुपमा स्थापना हुनु सरहानिय पक्ष रहेको नगर प्रमुख केसव बहादुर चन्दले बताउनुभयो । ब्यावसायिक पशूपालक किसानहरुलाई नगरपालिकाले पनि सहयोग गर्ने उहाले बताउनुभयो । 

तस्बिरमा: वडा नं १० को कार्यालयमा सहभागी बाख्रा पालक किसान | तश्वीर: कृष्ण बिष्ट