बझाङमा हालसम्म ६ जनाले गराए उम्मेदवारी दर्ता

Posted on: 06 Apr, 2024

चैत २४, काठमाडौं | बझाङमा हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आउँदो वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका निम्ति दिउँसो साढे २ बजेसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले जानकारी दिए ।

उमेदवार दर्ता गराउनेहरूमा राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा‚ नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेशनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्ती मगर छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट दिलबहादुर सिंह‚ जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री र नेपाली कांग्रेसबाट अभिषेक सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!