सवारी दुर्घटनामा सुदूरपश्चिमका कानुन मन्त्रीको निधन

Posted on: 20 Jun, 2023

असार ५, काठमाडौँ | सडक दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश सरकारका कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनाको मृत्यु भएको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सिंह, उनकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको हो।

मन्त्रीसहित ४ जना सवार रहेको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जानेक्रममा केदारस्युँ गाउँपालिकाको धारछडा दुर्घटना हुँदा उनको मृत्यु भएको हो।गाडि सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!