पढ्न करिब 3 मिनेट लाग्छ
![]()
![]()
– नेपाली युवा हरु लाइ पार्टी हरुले राजनीति को हतियार बनाइरहेका छन । आज किन कि नेपाली ५० लाख युवाहरु खाडि र युरोपियन मुलुक हरुमा आफ्नो श्रम बेचेर संघर्ष गरिरहेका छन । विदेशमै पनी राजनितिक पार्टीहरुका भाषणहरु सुनिन्छ तर किन भाषण मात्र गरेर प्रवासमा आमन्त्रीत नेता ज्यु हरुले हामीलाई तर्साउनु हुन्छ ? यँहा आएर विभिन्न होटेलहरुमा सेनिमानार गोष्ठी मा राजनितीक पुराण सुनाउदै तपाईहरुले गर्ने संगठन विस्तारको कुनै अर्थ रहँदैन जवकी राजनितीक संगठन हरुले विदेशमा दुख पाएका नेपालीहरुको उद्धार र नेपालमै रोजगारीको बाताबरण बनाउन को लागी सरकार सँग पहल गर्दैनन । हामी विदेशिएका युवा हरुले पनी ध्यान दिनु पर्ने कुरा के छ भने दुख सँग श्रम गरेको पैसा चन्दा उठाएर कांग्रेस , एमाले , माओबादी , नयाँशक्ति नेपालका नेताहरुलाई होटेलहरुमा डाकेर संगठन विस्तार गर्ने तर प्रवासी युवाहरुको पिरमर्का र हक हित को लागी दुतावास र नेपाल सरकार लाई दवाब देउ भनेर ति पार्टी हरुलाई भन्ने की नभन्ने ? यो गम्भिर कुरा हो । प्रवास का थुप्रै देशहरुमा विभिन्न पार्टीहरुले आआफ्ना संगठन हरु खोलेका छन तर ति संगठन हरु निस्काम जस्तै छन विदेशिएका युवाहरुको हक हित को सवालमा ।
विदेशमा आएर ठुला ठुला कन्फ्रेन्स गर्ने नेता ज्यु हरुलाई मेरो प्रश्न छ तपाइहरु कहिल्यै कति नेपाली विदेशमा अलपत्र छन, कति जेलमा छन, कति भोकै छन, कति बेपत्ता छन त्यसबारेमा खोजीनिती गर्नुभयो ? यदी तपाईहरु (नेता ज्यू) ले प्रदेशमा दु:ख पाएका युवाहरुलाई सम्बन्धीत देश र नेपाल सरकारसँग समन्वय गरेर उद्धार गर्ने काम गर्नुभयो भने यँहा कसैलाइ संगठन विस्तार गरिरहनु पर्ने जरुरी रहँदैन । हामी नेपाली हो , नेपाल लाई माया गर्छौ र नेपालका राजनितीक पार्टीहरुलाई पनि । राम्रो काम गर्नेहरु संगठन बनाउनलाई मान्छे खोजीरहनु पर्दैन । अन्तत खाडी तथा युरोपिएन कन्ट्रीहरुमा भएका नेपाली युवा हरुको स्थिती के छ ? त्यसको अध्ययन गरी उद्धार सहयोग र सकेसम्म नेपालमै रोजगारी नयाँ संभावना सहित देशविकासको लागी सरकारलाई दवाव दिन सवै पार्टीका नेताहरुलाई अनुरोध छ ।









