नवलपरासीमा लागुऔषधसहित दुई पक्राउ
साउन २५, नवलपरासी | नवलपरासीपूर्व नवलपुरका विभिन्न दुई स्थानबाट प्रहरीले आज दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले नवलपरासीको मध्यविन्दु नगरपालिका–८ फूलबारीस्थित पूर्वपश्चिम राजमार्गबाट कास्की पोखरा महानगरपालिका–१८ घर भएका २० वर्षीय कृष्ण गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
<

