2026-09-14 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पुल नहुँदा विद्यार्थी पढाइ छोड्न बाध्य

 मोहन पौडेल | साउन १०,  नवलपरासी | वर्षाको मौसमसँगै पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिका–२ सुखौराका ५० विद्यार्थी पढाइ छोड्न बाध्य भएका छन् । माध्यमिक तहको अध्ययनका लागि सुनवल नगरपालिका–१२ भूमही पुग्नुपर्ने बाध्यता रहेका त्यहाँका बालबालिका स्थानीय डम्बरभार खोलामा पुल नभएकै कारण विद्यालय जान नपाएका हुन् । 

हिँउदमा खोलामा पानी नहुने भएकाले सजिलै आवातजावत गर्ने उनीहरु अहिले खोला बढेपछि पढाइ छोड्न बाध्य भएको स्थानीयवासी देवान गुरुङले जानकारी दिनुभयो । “बर्दघाट र सुनवल नगरपालिका जोड्ने गरी सुखौरा र जर्गाहाको बीचमा रहेको डम्बरभार खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुपर्छ, स–साना बालबालिका तर्न सक्ने अवस्था हुँदैन, वर्षाभरि हाम्रा बालबालिका विद्यालयबाट वञ्चित हुनुपरेको छ ।”,उहाँले भन्नुभयो । 

त्यहाँका ५० बढी विद्यार्थी मावि तह तथा क्याम्पस तहको पढाइका लागि भूमहीका विभिन्न विद्यालयमा अध्ययनरत छन् । बर्दघाटमा पर्ने सुखौरामा प्राथमिक तहभन्दा माथिको विद्यालय नहुँदा यहाँका विद्यार्थी सुनवलको भूमहीमा पढ्न आउनुपर्ने बाध्यता छ । खोला बढेपछि त्यस क्षेत्रमा सञ्चालन हुने यातायात बन्द भएको छ । 

खोलामा पानी बढेपछि जोखिम मोलेर तर्नुपर्ने बाध्यताका कारण धेरै बालबालिकाले बीचमै पढाइ छाड्नुपर्ने अवस्था रहेको सोही गाउँबाट भूमहीको मोतीलाल क्याम्पसमा स्नातक अध्ययनरत नेत्रबहादुर थापाको गुनासो छ । भूमही–जर्गाहा–धुरकोट सडकखण्डअन्तर्गत उक्त खोलामा प्रदेश नं ५ स्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको रु एक करोडको बजेटमा असारभित्रै सम्पन्न गर्ने गरी आरसिसी भेन्टेड कजवे पुल निर्माण थालिएको थियो । पुल समयमा नबनेपछि यस वर्ष पनि यहाँका स्थानीयवासीले सास्ती भोग्नुपरेको छ । 

पुल निर्माण समयमा सम्पन्न हुने र आफूहरुलाई सहज हुने विश्वास गर्दै खुशी भएका स्थानीयवासी अहिले निराश बनेको स्थानीयवासी गुरुङले बताउनुभयो । पुल निर्माणको काम अहिलेसम्म ३० प्रतिशत मात्रै सम्पन्न भएको छ । समयमा पुल निर्माण नभएपछि रु ४० लाख ‘फ्रिज’ भएको छ । चालू आव २०७६-०७७ का लागि पुनः मन्त्रालयले रु ८० लाख बजेट विनियोजन गरी सडक कालोपत्रे र अधुरो पुल निर्माण गर्ने योजना बनाएको प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताउनुभयो ।

मन्त्री चौधरीले सुखौरावासीले सडक, पुल, शिक्षा, जग्गालगायतमा भोग्दै आएको समस्या समाधानमा पनि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो । सुखौरामा करीब १४० घरधुरी छन् । भौगोलिकरूपमा विकट रहेको सुखौराका नागरिकले दैनिक उपभोग्यलगायतका सामान किनमेलका लागि पनि भूमही नै पुग्नुपर्ने बाध्यता छ । खोला बढेको र पुल पनि नभएपछि अहिले निकै समस्या भएको स्थानीयको गुनासो छ । 

तिरुपति निर्माण तथा सप्लायर्स सुनवल नवलपरासीले निर्माणको जिम्मा पाएको उक्त पुल लम्बाइ ३५ मिटर, चौडाइ छ मिटर र उचाइ तीन मिटर र दशवटा बक्सको कजवे निर्माण हुनेछ । उक्त खोलामा पुल नहुँदा सुखौराका बासिन्दा आफ्नै वडा कार्यालय जान, बजार आवतजावत गर्न तथा बालबालिकालाई वर्षाको समयमा विद्यालय छाड्नुपर्ने बाध्यता रहेको हो । 

प्रशासनिक र राजनीतिक हिसाबले बर्दघाट नगरपालिकामा परे पनि सुखौराका बासिन्दा सामाजिक र वित्तीय पहुँचको दृष्टिले सुनवल नगरपालिकामा निर्भर छन् । “पुल नहुँदा हामीले धेरै सास्ती पाउनुपरेको छ, सडकसमेत ग्राभेलमात्र छ, आवतजावत गर्न कठिनाइ भइरहेको छ, एम्बुलेन्स आउन नसक्दा औषधि उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने, किनमेलका लागि बजार आवतजावतमा कठिनाइ भोग्नुपरेको छ ।”, गुरुङले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले