2026-09-14 08:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

विप्लव समूहका नवलपरासी जिल्ला नेता पक्राउ

साउन २२, नवलपरासी | सङ्गठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जिल्ला नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम मुसहर रहेका छन् । प्रहरीले उनलाई हिजो सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय बर्दघाट र इलाका प्रहरी कार्यालय सेमरीको संयुक्त टोलीले मुसहरलाई उनकै घर बर्दघाट–१२ सपैयाबाट पक्राउ गरेको हो । उनी आगो लगाई सङ्गठित अपराध मुद्दामा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

गत २०७५ फागुन ३० गते विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा सरावल–१ बासामा रोकिराखेको ना५ख ७७४१ र ना४ख ६८२५ नंको ट्रकमा आगो लगाएको घटनामा उनी संलग्न रही फरार रहेका थिए । यसैगरी यही साउन १६ गते बर्दघाट–१३ स्थित एनसेल टावर क्षति पु¥याउने घटनामा पनि उनको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

पक्राउ परेका मुसहरविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले