Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीस्थित सुस्ता महलबारी गाउँ डुबेपछि स्थानीय भारतप्रति आक्रोशित, भत्काए गण्डक नहर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ९, काठमाडौँ | पानीले निकास नपाएर गाउँ डुबेपछि स्थानीयले बुधबार गण्डक नहरको डिल भत्काइदिएका छन् । भारतले त्रिवेणीमा बाँध बनाएर नारायणीको पानी नेपाली भूभाग हुँदै नहरमार्फत लगेको छ ।

नहरकै कारण हजारौं बिघा धानखेती र सुस्ता गाउँपालिका–१ को महलबारी गाउँ डुबेपछि स्थानीय आक्रोशित छन् ।

लगातार तीन दिनदेखि वर्षा भएकाले गाउँमा बाढी आएको थियो । बुधबार झिसमिसेमा सबै मिलेर कोदालो र गैंचीले नहरको उत्तरी डिल भत्काइदिएको स्थानीय रामु न्यौपानेले बताए ।

बाढीको पानी नहरबाट निकास भएपछि जोखिम घटेको उनको भनाइ छ ।

- यो समाचार नारायण शर्माले कान्तिपुर दैनिकमा लेखेका छन् ।