Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: रोल्पा

रोल्पामा सुन चालेर स्वरोजगार बन्न गाउँपालिकाको बजेट

साउन २६, रोल्पा । रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने  योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ ।  सो  प्रस्ताव  गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ ।

जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार

दश वर्षसम्म अलपत्र माडीपुल एघार महिनामै सम्पन्न

साउन ३, रोल्पा |  शिलान्यास गरेको १० वर्षपछि रोल्पाको माडी खोला पुलले बल्ल पूर्णता पाएको छ । रोल्पाको पश्चिम भेगलाई जिल्ला सदरमुकामसँग जोड्ने उक्त पुल निर्माणपछि जिल्लाका आधा दर्जनभन्दा बढी गाउँपालिकामा आवतजावत गर्न सहज हुने भएको छ । पहिलो निर्माण व्यवसायीले काम गर्न नसकेको भन्दै सरकारले दोस

रोल्पाका कैदीबन्दी स्वरोजगार बन्दै

साउन २, रोल्पा  | रोल्पा कारागारका कैदीबन्दीहरुले स्वरोजगार बन्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीहरुले सीपमूलक तालीमपश्चात् स्वरोजगार बन्न थालेका हुन् । 

उनीहरुको मनोबल बढाउन तथा आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा एकमहीने मुढा

रोल्पाका श्यामलाललाई देखेन शहरले (नालिबेलिसाहित)

उमा केसी,  असार ११, रोल्पा । रोल्पा सदरमुकाम लिवाङको शिवालय टोलमा बस्छन् ४५ वर्षीय श्यामलाल सुनार । त्यसै गाउँका रैथाने सुनार गर्भमै रहेका बेला बुबाको मृत्यु भयो । आमाको मृत्यु हँुदा श्यामलाल १० वर्षका थिए । बुबाआमाले छाडेर गएपछि उनी एक्लै भए । सानै उमेरदेखि भारत जान थालेका दाजु ओविला

घुस लिएको अभियोगमा सव इञ्जिनीयर पक्राउ

जेठ २४ , काठमाडौँ (रासस )अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनीयर तारा श्रेष्ठलाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।

 योजनाको अन्तिम बिल भुक्तानी गर्दा सव इञ्जिनीयर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको

विद्यार्थी कुट्ने शिक्षिकालाई ‘अभद्र व्यवहार’ मुद्दा

जेठ २२, रोल्पा ।  विद्यार्थीको हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ । चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गर्नुभएकी ती शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिदिनुभएको थियो । स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई

द्वन्द्वकालीन रोल्पाकी मृतक सैनिक श्रीमतीको कहालीलाग्दो दिनचर्या

उमा केसीे, जेठ १०, रोल्पा । (रासस) : “विसं २०५८ मङ्सिर ८ गते शुक्रबारको त्यो बिहानी, भर्खरै उठेर, मुख धोइ डेढ वर्षको छोरीलाई दूध चुसाउँदै थिएँ, दुई वर्षको अर्को छोरासँगै बसेको थियो, त्यत्तिकैमा केही मानिस बाहिर सासूसँग कुरा गर्दै थिए, केही समयपछि उनीहरु भित्र आएर मलाई आफ्नो श्रीमान् बितेको

विप्लवका रोल्पा इन्चार्ज हतियारसहित पक्राउ

जेठ ४, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका रोल्पा जिल्ला इन्चार्जसहित ३ जना नेता कार्यकर्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रोल्पा जिल्ला इन्चार्ज जयबहादुर रोका (प्रताप), सुनछहारी गाउँपालिका इन्चार्ज टाइगर भनिने धनबहादुर खत्री र इलाका इन्चार्ज भुपेन्द्र खड्

रोल्पामा चट्याङमा परी एक युवाको मृत्यु

चैत १९, रोल्पा (रासस) | गएराति आएको चट्याङमा परी रोल्पाका एक युवाको ज्यान गएको छ । माडी गाउँपालिका–५ भाबाङ सरुवाका २७ वर्षीय ज्योती परियारको चट्याङमा परी मृत्यु भएको हो । 

खाना खादै गरेका परियार चट्याङमा परेका थिए ।  हावाहुरीसँगै आएको चट्याङमा परी परियारको घटनास्थलमै मृत्यु भए

रोल्पा अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै

उमा केसी | चैत १४, रोल्पा (रासस) | रोल्पा अस्पताल नजिकै रहेको एक झुपडीमा मृत्युसँग लड्दै गरेकी छिन् बोल्ने नसक्ने ५७ वर्षीया आसारा सुनार । उनीसँगै उनका दाजु ६० वर्षीय गोपाल र ५५ वर्षीय भाइ प्रसाद सुनार पनि बोल्न सक्दैनन् र बिहान बेलुकाको खाना जोहो गर्न तड्पिरहन्छन् । घर वरपर रहेको बोइलर कु

कुनैपनि राजमार्गले नछोएको रोल्पालाई मदन भण्डारी लोकमार्गले छुने

चैत १, रोल्पा (रासस) | कुनै पनि राजमार्गले नछोएको रोल्पाको भूगोललाई मदन भण्डारी लोकमार्गले छुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय उक्त राजमार्ग रोल्पालाई समेत जोड्ने गरी निर्माण गर्न सहमत भएको हो । 

सरकारले गत जेठमा एक हजार