२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुनैपनि राजमार्गले नछोएको रोल्पालाई मदन भण्डारी लोकमार्गले छुने

२०७५, १ चैत्र शुक्रबार ०४:१२

चैत १, रोल्पा (रासस) | कुनै पनि राजमार्गले नछोएको रोल्पाको भूगोललाई मदन भण्डारी लोकमार्गले छुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय उक्त राजमार्ग रोल्पालाई समेत जोड्ने गरी निर्माण गर्न सहमत भएको हो । 

सरकारले गत जेठमा एक हजार २०० किलोमिटर लामो उक्त लोकमार्ग घोषणा गर्दा प्यूठान, दाङ, सुर्खेत हुँदै जाने बताएको थियो । लोकमार्गको संशोधित डिजाइनअुनसार अब गुल्मी, प्यूठान, रोल्पाको खुङ्ग्री घोडागाउँ माडीचौर हुँदै सल्यानको दामाचौर जोडिने भएको छ । मध्यपहाडी लोकमार्ग र पूर्व पश्चिम राजमार्गले नछुने रोल्पालाई पछिल्लोपटक डिजाइन गरिएको मदन भण्डारी लोकमार्गले समेत नछुने भएपछि जनस्तरबाट आलोचना भएको थियो । 

रोल्पा घर भएका उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त सडकले रोल्पालाई नछुने गरी डिजाइन गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराउनुभएको थियो । बुधबार उपराष्ट्रपति पुनलाई भेट्न बहादुर भवन पुग्नुभएका मन्त्री महासेठले उक्त लोकमार्गको पछिल्लो डिजाइनबारे जानकारी गराएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । यसै अनुसार संशोधन र डिपीआर निर्माण हुने मन्त्रीले जानकारी गराउनुभयो, प्रेस संयोज घर्तीले भन्नुभयो । 

उक्त लोकमार्गको गुल्मी पश्चिमका जिल्लाको डिपीआर बनेको छैन । सो लोकमार्गलाई राप्तीको मध्यभागबाट जोड्नका लागि उपराष्ट्रपति पुन, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सल्यानका सांसद टेकबहादुर बस्नेत, कर्णाली प्रदेश मन्त्री प्रकाश ज्वालाले समेत पहल गर्दै आउनुभएको थियो । 

झापाको शान्तिनगरबाट शुरु हुने लोकमार्ग सुनसरी धरान, चतरा, उदयपुरको गाईघाट कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी, तम्घास, सिमलटारी, प्यूठानको वाग्दुला, देवीस्थान, दाङको घोराही तुल्सीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर डोटीका सीमचौर, विपीनगर, कैलालीको सहजपुर, डडेल्धुराको बुडर जोगबुढा हुँदै रुपालसम्म जोड्ने भनिएको थियो । पछिल्लो संशोधन अनुसार अब प्यूठानबाट दाङतर्फ नआई रोल्पा सल्यान हुँदै सुर्खेत जोडिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा