Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रोल्पामा चट्याङमा परी एक युवाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत १९, रोल्पा (रासस) | गएराति आएको चट्याङमा परी रोल्पाका एक युवाको ज्यान गएको छ । माडी गाउँपालिका–५ भाबाङ सरुवाका २७ वर्षीय ज्योती परियारको चट्याङमा परी मृत्यु भएको हो ।&nbsp;<br></p><p>खाना खादै गरेका परियार चट्याङमा परेका थिए ।&nbsp; हावाहुरीसँगै आएको चट्याङमा परी परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।</p><p>&nbsp;घटनामा एक जनाको मृत्यु भए पनि अन्य क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिनुभयो ।&nbsp;</p>