माघ २६, काठमाडौं । सार्वजनिक लेखा समितिले भूकम्पपछिको पुनर्निर्माणको काम सन्तोषजनक नभएको भन्दै काम द्रुत गतिमा अघि बढाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

समितिको आज (बुधबार) बसेको बैठकले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डाक्टर गोविन्द पोखरेललाई बैठकमा बोलाएर समितिले एक महिनाभित्रै आवास निर्माणका लागि पहिलो किस्ताको बजेट दिईसक्न निर्देशन समेत दिएको छ ।

निर्देशन अनुसार तीन महिनाभित्र दोस्रो किस्ताको रकम समेत दिलाउन प्राधिकरणलाई निर्देशन दिइएको छ । त्यस्तै आजको बैठकले पुनर्निर्माण सम्बन्धि बजेट अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट बजेट निकासा हुँदै आएकोमा प्राधिकरणकै कोषबाट सञ्चालन हुने व्यवस्था गर्न सरकारलाई पनि निर्देशन दिएको छ ।

- फाइल तश्विर

भूकम्प पिडितलाई एक महिनाभित्र पहिलो किस्ता दिन निर्देशन
Leave a Comment
Leave a Comment