Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण २५ गते, अपराह्न ५:०२ बजे
अर्थ/विकास

संसद बिकास कोषको रकमबाट हंसपुरमा मोटरबाटो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फाल्गुन २५ , प्युठान | जिल्लाको हंसपुर गाबिसमा संसद बिकास कोषद्धारा बिनियोजित रकमबाट मोटरबाटो खन्न सुरु गरिको छ ।

हंसपुर गाबिस वार्ड नम्बर ४ सजिकोट देखि सुजिनपुर,घोरलोटे हुँदै नौघाट   जोड्ने मोटरवाटो निर्माण कार्य बुधबार देखि  सुरु गरिएको हो । 

झन्डै चार किमोमिटर मोटरबाटो निर्माण कार्य बुधबार देखि शुरु भएको मोटरबाटो निर्माण समितिका अध्यक्ष थम्मन साठिघरेले जानकारी दिए ।

सांसद धन बहादुर रायमाझीको संसद बिकास कोषको रकमबाट बिनियोजित करिव ११ लाख रुपैयांको लागतमा उक्त मोटरबाटोको निर्माण कार्य थालिएको हो ।

सन्तोष निर्माण कन्ट्रक्सन सेवाले मोटरबाटो निर्माणको काम गरिरहेको छ ।