पढ्न करिब 1 मिनेट लाग्छ
काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा एक हजार दुई सय र चाँदीको १५ रुपैयाँ घटेको हो। मूल्य घटेसँगै मंगलबार छापालावा सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । यसअघि सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँ रहेको थियो ।
यता, सोमबार प्रतितोला चार हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य मंगलबार घटेर चार हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

