Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ पुष २२ गते, दिउँसो २:१० बजे
अर्थ/विकास

खोटाङमा एम्बूलेन्सको भाडामा एकरुपता (भाडादरसहित)

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा/पुस २२, खोटाङ । जिल्लामा सञ्चालित एम्बूलेन्सको भाडामा एकरुपता ल्याउन नयाँ भाडादर कायम गरिएको छ । 

जिल्लामा सञ्चालित एम्बूलेन्सले फरक–फरक भाडा लिइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा शुक्रबार बसेको एम्बूलेन्स सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले एम्बूलेन्सको भाडामा एकरुपता ल्याउनेगरी भाडा निर्धारण गरेको छ । 

बैठकले आउने र जाने दुरी ५ किलोमिटरसम्म भए एक हजार, आउने र जाँदाको न्यूनतम दुरी १० किलोमिटर भए १५ सय, आउने र जाने न्यूनतम दुरी १५ किलोमिटर भए दुई हजार शुल्क लिन पाउनेगरी भाडा निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।

यस्तै, आउदा र जाँदाको दुरी १५ किलोमिटरभन्दा बढि जतिसुकै दुरीको भए पनि कच्ची सडकको प्रतिकिलोमिटर ६० र पक्की सडकको प्रतिकिलोमिटर ३० रुपैयाँ लिन पाउने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । जिल्लामा दर्जन एम्बूलेन्स सञ्चालनमा रहेको छ ।