Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ २० गते, बिहान १०:३२ बजे
अर्थ/विकास

खोटाङमा फोन महशुल बक्यौता बुझाउन टेलिकमको उर्दी

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा/माघ २०, खोटाङ । नेपाल टेलिकम दिक्तेलले ल्याण्डलाईन फोन महशुल तिर्न अटेर ग्राहकलाई हप्तादिनमा फोन महशुल भुक्तानी गर्न उर्दी गरेको गरेको छ । 

ल्याण्डलाईन फोन सञ्चालन गरी बिगत लामो समययता मशहुल नबुझाउँने २५३ जना ग्राहकलाई आगामी माघ २९ गतेसम्म महशुल बुझाउँन सुचना जारी गरेको हो ।

रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलका २ सय, हलेसी तुवाचुङ नगरपालिकाको हलेसीबजार २५, खोटेहाङ गाउँपलिकाको खोटाङबजार ८ र ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजारका २० जना ग्राहकलाई महशुल भुक्तानी गर्न सुचना जारी गरिएको नेपाल टेलिकम शाखा दिक्तेलका कार्यालय प्रमुख ज्योती नारायण चौधरीले बताउनुभयो । 

सुचना गरिएकाहरु महशुल नबुझाउदा फोन लाईन काटिएर बसेका ग्राहक हुन् । सुचना गरिएको मितिमा मशुल बुझाएमा जरिबाना लाग्दैन उनले भने, महशुल नतिर्नेमा गैर सरकारी कार्यालयदेखी ब्यक्तिगत ग्राहक बढी छन् ।

नेपाल टेलिकमले बितरण गरेको ल्याण्डलाईन फोनको ग्राहक संख्या खोटाङमा ८ सय ४३ रहेको छ । जसमा दिक्तेलमा ६०५, हलेसीबजार ९३, खोटाङबजार ४५, ऐसेलुखर्क १ सय रहेको छ ।