२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोरम्बा–सुनापती गाउँपालिका जोडने पक्की पुल निर्माण सम्पन्‍न

२०७४, २३ फाल्गुन बुधबार ०३:४४


२३ फागुन, रामेछाप

रामेछापको दोरम्बा र सुनापति गाउँपालिका जोडने पक्की
पुल निर्माण सम्पन्‍न भएको छ । दुई गाउँपालिकाको सीमा रहेको खानीखोलामा पक्की पुल
निर्माण कार्य सम्पन्‍न भएको हो । बर्षाको समयमा पुल नहुँदा ठूलो सास्ती झेल्दै
आएका दोरम्बा गाउँपालिका बासिन्दालाई ठूलो राहत भएको छ । दोरम्बा गाउँपालिका

र सुनापति गाउँपालिका
२ स्थित रजमन्टारमा पक्की पुल निर्माण भएपछि
स्थानीयमा खुसीयाली छाएको छ ।

चार बर्ष अघि निर्माण कार्य सुरु भएको पुल सवा तीन
करोड लागतमा निर्माण भएको हो । ४२ मिटर लम्बाई र सात मिटर चौडाइ रहेको पुलमा एक
पटक दोहोरो रुपमा सवारी आवतजावत गर्न सक्छन् ।

रामेछापको दोरम्बासुनपति
गाउँपालिका जोड्ने खानीखोलास्थित पक्की पुल निर्माणको जिम्मेवारी गौरी-पार्वती-निलगिरी
जेभीले पाएको थियो । तर बीचमा नै निर्माण नगर्ने मनस्थितिमा निर्माण कम्पनी
पुगेपछि पुल निर्माण गर्ने जिम्मेवारी स्थानीय हिरा श्रेष्ठले लिएका थिए ।

 

स्थानीयबासी समेत रहेका श्रेष्ठले भने,‘निर्माण
कम्पनीले ठेक्का पारेपछि भौगोलिक कठिनाइको कारण काम नगर्ने अवस्थामा पुगेका थिए
, आफ्नो
गाउँमा आएको पुल जसरी पनि बनाउनु पर्छ भनेर जोखिम मोलेरै मैले जिम्मेवारी लिएर पुल
निर्माणको काम सम्पन्न गरेको हुँ ।

दोरम्बा गाउँपालिका
अन्तर्गत नै दुई बर्ष अगाडि नै खैरेखोलामा भने पक्की पुल सञ्चालनमा आइसकेको छ । यो
पुल सञ्चालनमा आएपछि अब बर्षाको समयमा पनि सहज रुपमा सदरमुकाम मन्थली र राजधानी
काठमाडौं आवतजावत गर्न सहज भएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि