Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ माघ १४ गते, बिहान ७:०९ बजे
अर्थ/विकास

वर्षाका कारण दाङमा रु १० करोडको इँटा नोक्सान

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १४, नारायणपुर | केही दिनदेखि परेको वर्षाका कारण दाङको इँटा उद्योगमा ठूलो नोक्सान भएको छ । 

पोल्नका लागि बनाइएका कच्ची इँटा पानीमा भिजेपछि काम नलाग्ने अवस्थामा पुगेको दाङ, देउखुरी इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष रोम वलीले जानकारी दिनुभयो । वर्षाका कारण जिल्लाका ३२ इाटा उद्योगमा करीब रु १० करोड बराबरको काचो इँटा नोक्सान भएको छ । 

“उद्योगमा एक करोडभन्दा बढी काचो इँटा नोक्सान भएको छ,” अध्यक्ष ओलीले भन्नुभयो । अनियमित वर्षाका कारण वर्सेनी इँटा व्यवसायीले ठूलो घाटा बेहोर्दै आएका छन् | रासस