माघ २२, काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६२ हजार ६ सयमा कारोबार भइरहेको छ।

सोमबार प्रतितोला ६२ हजार ५ सय रहेको थियो ।

यस्तै आज तेजावी सुन तोलमा ६२ हजार ३०० मा कारोबार भइरहेको छ।

चाँदी भने आज अघिल्लो दिनको तुलनामा रु ५ बढ्दै ७ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।