Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ जेठ १२ गते, दिउँसो १:१२ बजे
अर्थ/विकास

नेपालमै पहिलो पटक रुकुममा आजबाट यार्सा महात्सव सुरु हुँदै

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

गणेश सिर्पाली/जेठ, ९, रुकुम । विश्व जैविक विविधता दिवसको अवसरमा रुकुममा आजबाट पुपाल यार्सा महोत्सव सुरु भएको छ । नेपालमै पहिलो पटक रुकुमको रन्मामैकोटमा आयोजना गरिएको महोत्सवको सभामुख ओनसरी घर्ति, वन मन्त्री अग्नी सापकोटा, आपुर्ती मन्त्री गणेशमान पुन, सार्वजानिक लेखा समितिका सभापति जनार्दन शर्मा प्रभाकरले संयुक्त रुपमा व्यानर खोलेर उद्घाटन गर्नुभएको हो ।

रन्मामैकोटको हान्पामा एक कार्यक्रमको आयोजना गरी महोत्सव उद्घाटन गरिएको हो । महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख ओनसरी घर्तीले जैविक विभिधता संरक्षणका लागी नेपाल पक्षराष्ट्र भएकाले जैविक विभिधताको लागी सरकारले सक्दो काम गरिरहेको बताउनुभयो ।

जैविक विभिधतासंग जोडिएका विधेयक बनाउँदा त्यससंग जोडिएका नागरिकको प्रत्यक्ष पहँुच पु¥याउन आफुले भरमग्धुर प्रयास गरिरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने दोहो¥याउनुभयो । जैविक विभिधता दिवसको अवसरमा आयोजना गरिएको पुपाल यार्सा महोत्सव निकै महत्वपुर्ण भएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वन मन्त्री अग्नी सापकोटाले ढोरपाटन सिकार आरक्ष आसपासका जनताको अग्राधिकारलाई महत्व दिएर शिकार आरक्षका कार्यक्रमलाई अघि बढाइने बताउनुभयो । ढोरपाटन सिकार आरक्षमा सेना खटाईने कुरा आफुले सुनेको तर जनताले नचाहे सम्म आरक्षमा सेना नखटाईने उहाँले बताउनुभयो ।

सरकारले आरक्षमा सेना खटाउन लागेको भन्दै त्यस क्षेत्रका स्थानियले विरोध जनाईरहेका छन् । त्यस्तै आपुर्ती मन्त्री गणेशमान पुनले अव आर्थीक समृद्धिको युग सुरु भएको बताउनुभयो । ठुलो संघर्षबाट २ वर्ष अगाडी देखी यार्सा ट्रेल सुरु भएको जानकारी गराउँदै मन्त्री पुनले यो योजना पुरा भएमा समग्र रुकुमेलीको जिवनस्तर परिवर्तन हुने बताउनुभयो ।

रुकुम क्षेत्र नं. १ का सांसद समेत रहेका मन्त्री पुनले रन्मामैकोट सहित जिल्लाका दुर्गमका नागरिकलाई लक्षित गर्दै सडक तथा पुल निर्माण, खानेपानी योजना, प्राविधिक शिक्षालय स्थापना लगाएत विकास निर्माणका काम भैरहेको जानकारी दिनुभयो । अग्लो स्थानमा महोत्सव आयोजना गरेर रन्मामैकोटवासीेले लामो समयदेखीको सपना पुरा गर्नुका साथै इतिहाँस रचेको उहाँको भनाई छ ।

कार्यक्रमा बोल्दै व्यवस्थापिका संसद, सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्मा प्रभाकरले जिल्लाको प्रर्यटन विकास र कला संस्कृतिको प्रवद्र्धनमा महोत्सव महत्वपुर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो । जनता सम्पन्न भएमात्र देश सम्पन्न हुने भन्दै रुकुम क्षेत्र नं. २ का सांसद समेत रहनुभएका सभापति शर्माले रन्मामैकोटमा पाईने यार्सागुम्बा निर्यात गरेर यस क्षेत्रका नागरिकहरुले आफ्नो जिवनस्तर सुधार गर्न सक्नुपर्ने बताउनुभयो ।

जिल्लाको विकट ठाउँमा आयोजना गरिएको महोत्सवले विकासका लागी सरकारलाई ध्यानार्षण गराएको समेत शर्माको भनाई छ । विश्वका विभिन्न २४ देशमा पाइने यार्सा मध्य सबैभन्दा गुणस्तरीय यार्सा मैकोटको भएको दावी गर्दै यस बारेका विभिन्न भ्रम हटाउन तथा यसको प्रचार प्रसारमा टेवा पु¥याउने उद्ेश्यले यार्सा पाइने बुकी क्षेत्रमै महोत्सव आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

रन्मामैकोटको यार्सालाई चाइनिज यार्सा भनेर विक्री गर्ने गरिएको भन्दै यसवारेको भ्रम हटाउन महोत्सव महत्वपुर्ण सावित हुने उहाँको भनाई छ । महोत्सव जेठ २३ गतेसम्म चल्नेछ भने यार्सा टिप्ने कार्य महिना दिनसम्म चल्ने बताइएको छ । महोत्सव आयोजक समितिका अध्यक्ष लक्ष्मीप्रसाद पुनको अध्यक्षतामा अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वन मन्त्रालयका सह सचिव विजयराज पौडेल, नेकपा एमालेका जिल्ला अध्यक्ष विमल कुमार पुन, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष गोपेश्वर केसी राकेश लगाएतले पनि मन्तव्य राख्नुभएको थियो ।

महोत्सव आयोजक समितिका सचिव भरत कुमार पनुको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन जिल्ला विकास समितिका कार्यक्रम तथा सुचना अधिकृत चिन्तामणि दाहालले गर्नुभएको थियो । कार्यक्रममा स्थानियले विभिन्न सांस्कृतिक झाँकीहरुपनि प्रस्तुत गरेका थिए ।।