जेठ ११, धनगढी । घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २ वन कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । घाट गद्दी गरिएको काठ बिमार्का (टाँचा) गर्दै गर्दा ती कर्मचारीलाई अख्तियारले समातेको हो ।

सेक्टर वन कार्यालय बलचौर कैलालीका सहायक वन अधिकृत राजकुमार मल्ल र इलाका वन कार्यालय टीकापुरका रेञ्जर बाबुराम मिजारलाई रंगेहात पक्राउ गरेको हो ।

कैलालीको नारायणपुर बैदीमा घाट गद्दी गरिएको १ हजार ७ सय क्युफिट सिमलको काठमा बिमार्का गरिदिएबापत काठ खरिद गर्नेबाट उनीहरुले ७६ हजार ५ सय घुस लिएका थिए।