Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ साउन ०५ गते, राति २:२० बजे
अर्थ/विकास

खोला माथि पुल नहुदाँ स्थानियहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पंकज धामी | साउन ४, दार्चुला | दार्चुलाको ग्वानी गाविसको वडा नं. ८ बरमुडेमा रहेको पैराडी खोलामाथि पुल नहुदा न्याउटे र चुवाड बस्तीका स्थानियहरुलाइ आवात जावत गर्न समस्या भएको छ ।

वर्षा सुरु भए सँगै खोलाको पानी पनि बढेकाले खोला तर्न समस्या भएको हो । खोला आजकल निकै बढेको र खोला माथि पुल नहुदा ती बस्तीका स्थानिय समस्या भएको छ । त्यस्तै उक्त बस्तीका विद्यार्थीहरु लटिनाथ प्रावि बरमुढे आउँदा जोखिम मोलेर यात्रा गर्ने गरेका छन् ।