<p><b>असोज २, काठमाडौँ।</b> नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ तोकिएको छ । <br></p><p>बिहीबार (हिजो) छापावाल सुन तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तोलामा रु ९०० घटेको सुनको मूल्य शुक्रबार ४ सय रुपैयाँले बढेको हो । </p><p>शुक्रबारको लागि तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँ तोकिएको छ । आज चाँदीको मुल्य तोलामा १० रुपैयाँ बढेर १३३० रुपैयाँ तोकिएको छ । </p>
