Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ असोज २७ गते, अपराह्न ३:१६ बजे
अर्थ/विकास

बझाङमा नियमित हवाई सेवा शुरु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २७, बझाङ । बझाङमा मङ्गलबारदेखि नियमित हवाइ सेवा सञ्चालनमा आएको छ । झण्डै दश वर्ष बढी बन्द बझाङ विमानस्थल कालोपत्रे भएपछि आज पहिलो पटक नियमित हवाइ सेवा सञ्चालनमा आएको हो ।

बझाङ विमानस्थल प्रखुम मोहन गिरीले विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते  शनिबार परिक्षण उडान गरिएको र आज देखि नियमीत उडान शुरु भएको बताउनुभयो । मङ्गलबार समिट एयरले धनगढीबाट १८ यात्रु लिएर बझाङ पुगेको हो । अब हप्ताको दुई दिन र यात्रुको अवस्था हेरी उडान हुने गरी समिट एयरले सेवा दिने भएको हो । 

धनगढी बझाङ बसको यात्रा गर्दा धेरै समय लाग्ने र जोखीमपूर्ण हुने भएकोले हवाई यात्रा गर्दा खुशी भएको यात्रु प्रकाश सिहंले बताउनुभयो । भाडा दर केही महङ्गो भएपनि समिट एयरले बझाङबासीको प्लेन चढ्ने धोको पुरा गरिदिएको अर्का यात्रु विराटसिहं कठायतले बताउनुभयो । रासस