पुस १०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले उक्त आवमा बीमितहरुलाई प्रति हजार न्यूनतम ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दिने भएको छ ।

इन्स्योरेन्सले सावधिक तथा सामुहिक जीवन बीमालेख अन्तर्गत सुरक्षित जीवन, जीवन ज्योती, रुलर इन्डोमेन्ट, बाल शिक्षा योजना, केटाकेटी, जीवन लक्ष्मी र जीवन सारथी बीमालेखमा ५ देखि १५ वर्ष अवधिको लागि ६५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६५ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको बीमालेखका लागि ७२ रुपैयाँ, २६ वा सो भन्दा माथीको बीमा अवधिलाई ८२ रुपैयाँ बोनश दर घोषणा गरेको छ ।

अग्रिम भुक्तानी सावधिक बीमालेख (धन वर्षा १५ वर्ष, धन वर्षा २० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ती, छोराछोरी र सदाबहार जीवन बीमा योजनामा प्रति हजार ६५ रुपैयाँँ बोनस घोषणा गरेको छ ।

यस्तै आग्रिम भुक्तानी (जीवन सम्बृद्धि) योजनामा १५ वर्षे ६२ रुपैयाँ २० वर्षे योजनाको लागि ६४ रुपैयाँ बोनस रहेको छ । सावधिक तथा आजीवन (जीवन साहारा) बीमालेखका लागि ५ देखि १५ वर्ष अवधि तर्फ ६५ रुपैयाँ र १६ देखि २० वर्ष अवधिको लागि ६५, २१ देखि २५ वर्ष अवधि तर्फ ७२ र २६ वा सो भन्दा माथीको बीमालेखमा ८२ रुपैयाँ बोनस दर घोषणा गरेको छ ।

नेपाल लाइफद्वारा बीमितको लागि बोनस दर घोषणा, कुन योजनामा कति बोनस ?
Leave a Comment
Leave a Comment