Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ माघ ०५ गते, दिउँसो २:४८ बजे
अर्थ/विकास

फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ ५, काठमाडौँ । कोरोना संक्रमणको महामारीकै बीच आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३/३ रुपयाको दरले मूल्य वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ पुगेको छ । यस अघिनै निगमले मूल्य वृद्धि गरेको बिरोध गरिएको थियो । 

निगमले गत कात्तिक २४ मा मूल्य समायोजन गरेको थियो । मूल्य वृद्धि गर्नुपर्नुको कारणबारे निगमले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो पटक मूल्य समायोजन गर्दा कच्चा तेलको मूल्य अमेरिकी डलर ८९ प्रति व्यारोल रहेको अवस्था भएको र हाल उक्त मूल्य बढेर ८९ अमेरिकी डलर प्रति ब्यारोल पुगिसकेको उल्लेख गरेको छ । निगमले थप जानकारी दिंदै भनेको छ ‘इन्डियन आयल कर्पोरेशनबाट केहि दिन अघि जनवरी १६ मा प्राप्त नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १३.१८, डिजेलमा ८.८१ तथा प्रति सिलिन्डर एलपी ग्यासमा रु. ६४६.१६ घाटा काम भएको निगमलाई १५ दिनमा करीव २ अर्व २४ करोड घाटा हुने स्थिति देखिएको व्यहोरा निगमले यस अघि माग ३ गते प्रेषित विज्ञप्तिमा सार्वजनिक गरिसकेको थियो ।’ 

निगमले चालु आर्थिक बर्षमा १२ पटक नयाँ मूल्य पाएपनि ३ पटक मात्र मूल्य वृद्धि गरेको जनाएको छ । निगमका अनुसार चालु आर्थिक बर्षमा मात्र निगमले १९ अर्व २६ करोड घाटा व्यहोरीसकेको जनाएको छ ।