Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ भदौ २८ गते, बिहान ६:३९ बजे
अर्थ/विकास

चोकचोकमा जेसिजले राख्यो डस्बिन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २८, पर्वत(सास) । पर्वत जेसिजले कुश्मा बजार सरसफाई तथा चोकचोकमा डस्बिन राखेको छ । स्थापना दिवसको अबसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन बजार सरसफाई तथा डस्बिन राख्ने गरेको हो । 

सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिनमा कुश्मा बजारका विभिन्न ठाउँमा गरी जेसिजले २० वटा डस्बिन राखेको जनाएको छ । लोकतन्त्रचोक, जिल्ला अस्पताल, बडागाउ, दुर्लुङचोक, पुरानो चौकी, भिमसेनथान मन्दिर, लगायतका स्थानमा डस्बिन राखेको कार्यक्रम संयोजक ई. मन्जु सिलाकार श्रेष्ठले जानकारी दिइन् । 

सप्ताहव्यापी कार्यक्रमको चौथो दिन आज गुप्तेश्वर बेद बेदाङ्ग संस्कृत पाठशालामा शैक्षिक सामाग्री वितरण गर्ने आयोजकले जनाएको छ ।