Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ असोज ३० गते, बिहान ६:३१ बजे
काठमाडौँ - KTM

साउदीबाट थप ३६ जना नेपालीले बहिर्गमन भिषा पाए (नामावली सहित)

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज ३०, काठमाडौं । साउदी अरेबियामा अवैधानिक रूपमा बसेर काम गरिरहेका र भिषा नविकरण नभएका थप नेपालीलाई साउदी अरेवियाको सरकारले एक्जिट भिषा (बहिर्गमन भिषा) प्रदान गरेको छ । बहिर्गमन भिषा पाएपछि उनीहरु स्वदेश फर्किन पाउँछन् ।

दूतावास रियाद र वाणिज्य दूतावास जेद्धाका अनुसार बहिगर्मन भिषा फारम भरेकाहरुमध्ये ३६ जनाले बहिर्गमन भिषा पाएका हुन् । दूतावास रियादले बहिगर्मन भिसा पाउने नेपालीको नामावली आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको छ भने बाँकी बहिर्गमन भिषको लागि आवश्यक कार्य भइरहेको जानकारी समेत गराएको छ।

बहिर्गमन भिषा पाउनेले भिसा जारी मितिले ६० दिन भित्र साउदी अरेबिया छोडि सक्नुपर्नेछ । साउदी अरेबियामा कानुनी रूपमा लगभग ३ लाख १५ हजार नेपाली कार्यरत छन्।

दुतावासका अनुसार यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार १३१ जना नेपालीहरुलाई बहिर्गमन भिषा जारी गरेको छ । यसमध्ये १ देखि १,०९४ सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको दुतावासले जनाएको छ ।

साथै, विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावास समक्ष वहिर्गमन भिषाका लागि राहदानी तथा ईकामा पेश गरे अनुरुप दूतावासको सिफारिसमा बहिर्गमन भिषा लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्ने व्यहोरा दुतावासले जानकारी गराएको छ ।

दुतावासले बहिर्गमन भिषा जारी भएकाहरुले नेपाल जाने तयारी गर्न समेत अनुरोध गरेको छ ।