Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ जेठ २८ गते, बिहान ५:५६ बजे
काठमाडौँ - KTM

जुन १५ देखि साउदीको मागपत्र प्रमाणीकरण हुने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २८, काठमाडौँ । साउदीमा रहेको नेपाली दूतावासले १५ जुनदेखि पुन : माग पत्र प्रमाणीकरण गर्ने भएको छ । ‘फ्रन्ट डेस्क’मा काम गर्ने दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि रोकिएको माग पत्र प्रमाणीकरणको काम १५ जुनदेखि पूर्ववत् सञ्चालनमा आउने दूतावासले जनाएको छ । 

माग पत्र प्रमाणीकरणका लागि जाँदा अब रोजगारदाता कम्पनीको ‘यूजर अकाउन्ट’मा पठाइएको माग पत्र स्वीकृति भएको म्यासेजको प्रिन्ट अनिवार्य गरिएको छ । दूतावासबाट प्रमाणीकरणको छाप लगाउँदा रोजगारदाता कम्पनीले अब अनलाइन प्रणालीमा अपलोड गरेकै कागजात दूतावासले नै प्रिन्ट गरी त्यसमा नै छाप लगाइदिने पनि दूतावासले जनाएको छ ।