Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर २५ गते, दिउँसो १२:३० बजे
काठमाडौँ - KTM

रोजगारीमा कोरिया जान थप खर्च बढ्यो ! होटेल क्वारेनटिन किन महँगो ?

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २५,काठमाडौं | स्वदेश वा विदेशमा रोजगारीको क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा लागू गर्न झन् कठिन हुन थालेको छ। जितुजी (नेपाल–कोरिया सरकारमार्फत जाने) सम्झौता रहेको कोरिया रोजगारीमा जाने कामदारले पछिल्लो समय होटेल क्वारेनटिन खर्चसमेत बेहोर्नु पर्ने भएको छ।

रोजगारीका लागि कामदारले नै सम्पूर्ण होटेल क्वारेनटिन खर्च बेहोर्नु पर्ने भएपछि बिहीबार नेपाल राष्ट्र बैङ्कले कोरिया जाने कामदारलाई एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा दिन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। जबकि अन्य गन्तव्य मुलुकमा जाने श्रमिकले प्रतिव्यक्ति दुई सय अमेरिकी डलर मात्रै सटही सुविधा पाउँछन्।

कोभिड–१९ का कारण क्वारेनटिन खर्चबापत थप व्यवस्था गर्नुपर्ने ब्यहोरा खुलेको वैदेशिक रोजगार विभागको पत्रको आधार एक हजार पाँच सय अमेरिकी डलरसम्म विद्युतीय कार्डको माध्यमबाट सटही सुविधा उपलब्ध गराउन केन्द्रीय बैङ्कको निर्देशनमा भनिएको छ।