Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८० बैसाख १५ गते, राति ३:१९ बजे
पत्रपत्रिकाबाट

काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका १५ पेट्रोल पम्प हटाइने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १५, काठमाडौं | काठमाडौं महानगरपालिकाले मापदण्ड नपुगेका १५ वटा पेट्रोल पम्प हटाउने तयारी गरेको छ । नेपाल आयल निगमले कामपालाई उपलब्ध गराएको तथ्याङ्कअनुसार ती पेट्रोल पम्प हटाउने तयारी गरेको हो ।

काठमाडौं महानगरपालिकाले पामदण्ड पुरा नगरेका पम्पको नाम गोप्य राखेको छ । यद्यपि,काठमाडौं महानगरपालिकाले मापदण्ड नपुगेका पम्प सञ्चालकलाई सो बारेमा केही महिना अघि नै जानकारी भइसकेको दाबी गरेको छ ।

कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शुरूमा ती पम्पलाई हटाउन आग्रह गरिने र नमाने आफैं हटाउने बताए । हाल उपत्यकाभित्र १ सय २३ पेट्रोल पम्प छन् भने काठमाडौं महानगरभित्र मात्रै ६६ वटा रहेका छन् ।

तीमध्ये ५१ वटाले मात्र मापदण्ड पूरा गरेको कामपाको भनाइ छ । कामपाले हिजो बिहीबार बालाजु पुलसँगै मापदण्डविपरीत घरको सटरबाट सञ्चालन भइरहेको कोतः धुकु आयल स्टोरमा सिलबन्दी गरेको थियो ।

कापमाका मेयर बालेन्द्र साहको नौं दिनअघि अर्थात वैशाख ६ गतेको निर्णयबाट सिलबन्दी गरेको हो । कामपामा प्रहरी प्रमुख पाण्डेले पटकपटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर बन्द गरेको जिकिर गर्दै भने– ‘स्थानीयको दर्जनौं उजुरी आएको थियो । पम्प घरको सटरबाट सञ्चालनमा थियो । यसलाई जाली र फलामे साङ्लोले बेरेर लगाइएको तालामा शीलबन्दी गरेका छौं ।’

उनले नेपाल अनुसारको मापदण्ड नपुगेका कारण तत्काल स्थानान्तरण गर्नुपर्ने १५ वटा पम्पको सूचीमा परेको यो पम्पका कारण सवारी साधन तथा पैदल यात्रुको आवागमनमा समस्या परेको र ट्राफिक व्यवस्थापनलाई असहज बनाएको बताए ।

पेट्रोलियम पदार्थको बिक्री क्षेत्र, बिक्रीस्थलको क्षेत्रफल तथा बिक्री स्थलमा उपलब्ध हुने पूर्वाधारको आधारमा विक्रेताको मापदण्ड तोकिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।