2026-10-02 07:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

‘सञ्चारकर्मी सहकारी’द्वारा चार पत्रकार सम्मानित

काठमाडौँ । ‘सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगर’ले  आफ्नो १४औँ स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ चार सञ्चारकर्मीलाई सम्मानित गरेको छ ।
संस्थाले रु १० हजार राशिको मीनादेवी श्रेष्ठ (रासस) महिला प्रोत्साहन पुरस्कार निशा दाहाललाई, रु २१ हजार राशीको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार अनिल श्रेष्ठलाई, रु ५१ हजार राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकार पुरस्कार बन्धु पोखरेललाई तथा रु ५१ हजार राशिको तारेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान पुरस्कार सुभाष ढकाललाई प्रदान गरेको छ ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले पुरस्कृतहरुलाई  सम्मान गर्दै राष्ट्रको चौथो अङ्गका रुपमा रहेको सञ्चार क्षेत्रले सत्यतथ्यका आधारमा कलम  चलाउनुपर्नेमा जोड दिनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सञ्चारकर्मी सम्मानित हुनुभएकामा बधाई दिनुभयो । मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारी, सहकारीका अध्यक्ष दीपक दाहाल, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका महासचिव हेमा चेम्जोङ, सङ्घका मोरङ अध्यक्ष सुशिला पाठक तथा सम्मानित व्यक्तित्व सुभाष ढकालले सञ्चारकर्मीहरुलाई आफ्नो क्षेत्रमा मर्यादित भएर काम गर्न सुझाव दिनुभयो । विसं २०६९ मा स्थापित उक्त सहकारीमा १२१ सञ्चारकर्मी आबद्ध हुनुहुन्छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता