मङ्सिर ३, काठमाडौं । व्यवस्थापिका संसदमा पेस भएको ‘संभीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा’ सम्बन्धी यिवधेयकमा कांग्रेस एमाले र माओवादीले चारगुणासम्म सुविधा बृद्धिको प्रस्ताव गरेका छन् ।

तीन दलका ११ सांसदको संयुक्त हस्तारक्षरसहित बिहीबार दर्ता गराएको संशोधन प्रस्तावमा सांसदको सुविधा चारगुणासम्म थप गर्न प्रस्ताव गरिएको छ ।

सांसदहरुको तलब र सुविधा बृद्धि गर्न संसदमा दर्ता भएको संशोधन विधेयक ‘विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकत भइसकेको छ ।

सो विधेयकमा संशोधनका लागि दिइएको ७२ घण्टेसमय सकिने अन्तिम दिन उनीहरुले सुविधा तप बृद्धि हुनेगरी प्रस्ताव दर्ता गराएका हुन् । दर्ता भएको संशोधन प्रस्ताव हुबहु पारित भए अब एकजना सांसदले पारिश्रमिकबापत मासिक १ लाख ३० हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्नेछन् । -राजधानी दैनिक

सांसदको सुविधा चारगुणा बढ्दै, मासिक तलव १ लाख ३० हजार !
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment
Leave a Comment