करोड बढी उपचार खर्च लिने केपी ओली नै सरकारको विरोधमा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
4 Min Read

मङ्सिर ३, काठमाडौँ । राज्यकोषमा सबैभन्दा बढी तर कसले मारेका होला । सहजै उत्तर आउँछ नेकपा एमाले । २०४६ सालपछि सबैभन्दा धेरै पटक सरकारमा बस्ने र राज्यकोषमा दोहन गर्नेमा एमाले नै अग्रपंक्तिमा रहेको छ ।

२०४६ पछि बनेका सरकारमा एमाले २६ पटक सरकारमा सहभागी भएको छ । प्रतिपक्षमा बसेपनि व्यवस्थापिका संसद्मा अवरोध गरेर होस वा सडक आन्दोलन गरेर एमालेले आफ्नो असली हैसियत प्रष्ट गरिसकेको छ । २६ पटक भन्दा बढी सरकारमा बसेर एमालेका नेताहरुले हालसम्म उलेख्य मात्रामा सरकारी कोषको दोहन गरेका छन् ।

एमाले अध्यक्ष खड्ग ओलीले मात्रै राज्यकोषबाट प्रत्यक्ष रुपमा एक करोड ३६ लाख नगद लिएका छन् । मृगौला फेल भएको भन्दै उनले सो रकम लिएका थिए । यस्तै एमालेकी तत्कालीन उपाध्यक्ष एवम् वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले एक करोड १८ लाख रकम राज्यकोषबाट लिएका थिइन् । यस्तै भरतमोहन अधिकारी, रामनाथ ढकाल मात्रै होइन, झलनाथ खनालले समेत राज्यकोषबाट मोटो रकम दोहन गरेका छन् ।

यतिसम्मकी झलनाथ खनालले त झ्याउको कारोबार गर्ने भनेर दश करोड भन्दा बढी रकम राज्यलाई ठगी गरेका छन् । खनालले आफ्नी श्रीमतीको नाममा खडा गरेको कम्पनी मार्फत उक्त रकम ठगी गरेका हुन् । यस्तै राज्यकोषको रकम बाँड्नेमा माधव नेपाल समेत अग्रपंक्तिमा रहेका छन् । उनी प्रधानमन्त्री भएको वखत मात्रै राज्यकोषबाट एक अर्ब बढी रकम बाडिएको थियो । केपी ओलीले आफूले मात्रै लिएर नपुगेर झापाका एमाले कार्यकर्ता र गुगल ब्वाईलाई समेत एक करोड रकम दिएका थिए ।

आदित्य दाहाल नाम भएपनि गुगल ब्वाईको रुपमा परिचित बालकको पिता एमाले कार्यकर्ता भएकै कारण ओलीले एक करोड वितरण गरेका थिए । उनी प्रधानमन्त्री हुँदा एमालेका तीन सय भन्दा बढी नेता तथा कार्यकर्तालाई प्रत्यक्ष रुपमा ९० करोड बढी रकम बाँडेका थिए भने अप्रत्यक्ष रुपमा उनले एक अर्ब भन्दा बढी रकम बाँडेका थिए । माधव नेपालले बाँडेकै हाराहारीमा ओलीले रकम बाँडेका थिए तर सदनमा एमालेका नेताहरुले नै सबैभन्दा बढी पछिल्लो पटक सरकारले सुजाता कोइरालालाई पचास लाख दिएकोमा विरोध गरेका छन् ।

विरोध गर्नेमा एमाले नेता एवम् आर्थिक तथा नैतिक रुपमा समेत भ्रष्ट भनेर प्रचार गरिएका प्रकाश ज्वाला अग्रपंक्तिमा रहेका छन् । संसद्को अर्थ समितिका सभापति रहेका ज्वालाले सो समिति देखाएर व्यापारी, उद्योगीलाई धम्क्याएर रकम उठाउने गरेको संसद सचिवालयका अधिकारी नै बताउँछन् । राज्यकोषको सबैभन्दा बढी दोहन गर्ने एमाले नै सरकारको विरोधमा उत्रनुलाई नेपाली जनताले राम्रो मानेका छैनन् । विकास निर्माणको बजेटमा समेत एमालेका नेताहरु नै भ्रष्टाचार गर्न, राज्यकोष दोहन गर्न अग्रपंक्तिमा रहेका छन् । उनीहरु जे जसरी भएपनि राज्यकोष दोहन गर्न लागिपर्ने गरेको बताइन्छ ।

त्यसो त सरकारले उपचारको लागि पचास लाख दिएको सुजाता कोइरालाको सम्पत्ति कति रहेको छ भन्ने बारेमा जनआह्वानले एउटा तथ्य फेला पारेको छ । पूर्व परराष्ट्रमन्त्री एवम् स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी समेत रहेकी कोइरालाको काठमाडौँ मण्डिखाटारमा पाँच तले भव्य आलिशान महल रहेको छ । सो महलको हालको बजार भाउ मात्रै दश करोडको हाराहारी रहेको छ । विराटनगर उपमहानगरपालिका नौ मा १४ विगाहा जग्गा रहेको छ भने सोही उपमहानगरपालिका १५ मा १५ कट्ठा जग्गा रहेको छ । मोरङ उपमहानगरमा आठ कट्ठा १० धुर मोरङ डाइनियामा ११ कट्ठा जग्गा रहेको छ ।

सबै सम्पत्ति जोड्दा कोइरालाको ४० करोड बढी रहेको छ । सधै शक्तिको पहुँचमा रहेकी कोइरालो ज्वाई रुवेल चौधरी मार्फत समेत कमाउ धन्दा चलाउने गरेकी थिएन । अवैध कल वाइपासमा संलग्न रुबेल चौधरीले कमाएको धन्दामा समेत सुजाताको हात रहने गरेको थियो । यसरी वैध र अवैध सबै सम्पत्ति जोड्दा उनको नाममा मात्रै एक अर्ब ५० करोड बढी सम्पत्ति रहेको बताइन्छ । अर्बौको मालिक रहेकी कोइरालालाई काँग्रेसको संस्थापनको दबावमा सुजातालाई सरकारले रकम दिएको स्रोतको दावी छ । -जनआह्वान साप्ताहिक

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply