Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर १४ गते, राति १:५४ बजे
काठमाडौँ - KTM

कांग्रेसले छान्यो १० राज्यमन्त्री

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर १४, काठमाडौं । कांग्रेसले १० राज्यमन्त्रीको टुंगो लगाएको छ । संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर राज्यमन्त्रीको टुंगो लगाइएको हो ।

संस्थापनबाट दीर्घराज भाट, मिठु मल्ल, सुवर्ण ज्वारचन, सीताराम मेहता र दिलीप गच्छदारको टुंगो लागेको छ । पौडेल पक्षबाट दीपक खड्का, सुरेन्द्र आचार्य, कञ्चनचन्द्र बादेको टुंगो लागेको हो । नेता पौडेलले जापान जानुअघि नै यी तीनसहित जीवन परियारको नाम अन्तिममा हाल्दै सभापति देउवालाई पठाएका थिए ।

खुमबहादुर पक्षबाट इन्द्र बानियाँ र सिटौला पक्षबाट तारामान गुरुङ छन् । उनीहरूलाई दिइने मन्त्रालयको टुंगो लगाउन र प्रधानमन्त्रीलाई नाम बुझाउने जिम्मा सभापति शेरबहादुर देउवाले आइतबार नै उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलाई दिएका थिए । मन्त्री निधिले प्रधानमन्त्रीलाई नाम बुझाउने र सोमबार नै शपथ लिने तयारी भए पनि हुन सकेन । -नयाँ पत्रिका दैनिक