Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

विद्युत् ठगीका २३ कर्मचारीविरुद्ध सवा दुई करोडको मुद्दा

k By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

फागुन १९, काठमाडौं । मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्नको आरोपमा विद्युत् प्राधिकरणका २३ कर्मचारीविरुद्ध प्रहरीले प्रतिव्यक्ति दुई करोड २७ लाख रुपैयाँ ठगी मुद्दा चलाउँदै छ । उनीहरूलाई साढे सात वर्ष कैद सजाय माग्दै महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले बुझाएको प्रतिवेदनमा विद्युत् चोरी आरोपमा १५ व्यवसायीविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । ठगी र संगठित अपराध मुद्दामा साढे सात वर्ष कैद सजाय माग गरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइएको डिएसपी रवीन्द्र रेग्मीले बताए । ठगी मुद्दामा पाँच वर्षसम्म कैद सजाय हुनेमा संगठित अपराध मुद्दामा ५० प्रतिशत थप सजाय हुन्छ ।

मिटर उल्टो घुमाएर ठगी गरेको आरोपमा मिटररिडर र सुपरभाइजर गरी प्राधिकरणका १५ कर्मचारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । मिलेमतोमा विद्युत् चोरीको आरोप लागेका सात व्यवसायीसमेत पक्राउ परेका छन् । फरार आठ कर्मचारी र आठ व्यवसायीलाई समेत प्रतिवादी बनाएर प्रहरीले मुद्दा अघि बढाएको छ ।

प्रहरीले २३ कर्मचारी सबैको बिगो दाबी एउटै कायम गरेको छ । व्यवसायीलाई भने फरक–फरक बिगो दाबी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीले जानकारी दिए ।

महिनामा लाखौ रुपैयाँको विद्युत् खपत गर्ने उद्योगहरूबाट कमिसन लिएर मिटररिडरहरूले मिटरको सुई उल्टो घुमाएर राज्यलाई ठगी गर्दै आएका थिए । कमिसन लिएर कर्मचारीले मिलेमतोमा बर्षौदेखि प्राधिकरणलाई करोडौ नोक्सान पुर्‍याउँदै आएका थिए । प्रहरीका अनुसार अनुसन्धानमा सयौ उद्योगबाट उनीहरूले मिटर घटाएर पैसा लिने गरेको खुलेको थियो ।

नौ सय मेगावाट बिजुलीमध्ये २६ प्रतिशत अर्थात् दुई सय ४० मेगावाट चुहावट भइरहेको विद्युत् प्राधिकरणको तथ्यांक छ । चुहावट भएकोमध्ये करिब आधा बिजुली चोरी हुने गरेको छ । एक वर्षमा करिब सात अर्ब रुपैयाँबराबरको बिजुली चोरी हुने गरेको छ ।

धेरै विद्युत् खपत हुने उद्योगहरूमा कर्मचारीकै मिलेमतोमा ठूलो मात्रामा विद्युत् चोरी हुने गरेको हो । तर, केही महिनायता विद्युत् प्राधिकरणले विद्युत् चोरीविरुद्ध कारबाही तीव्र बनाएको छ ।

बिजुली चोरी नियन्त्रणबाट १ अर्ब २५ करोड उठ्यो

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विद्युत् चोरी नियन्त्रण अभियानबाट १ अर्ब २५ करोड रुपैयाँ उठाएको छ । चुहावट हुँदै आएको बिजुलीको बिलिङ गरेर चालू आवको बाँकी अवधिमा थप एक अर्ब २५ करोड उठ्ने देखिएको छ, योसँगै चुहावट नियन्त्रणबाट मात्रै प्राधिकरणलाई २ अर्ब ५० करोड रुपैयाँ थप आम्दानी हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । गत आर्थिक वर्ष ०७२-७३को पुसमा ग्राहक तथा वितरणतर्फको चुहावट २०.३८ प्रतिशत रहेकोमा यस वर्ष ३.६३ प्रतिशतले घटेर १६.७५ प्रतिशतमा झरेको उनले बताए । -नयाँ पत्रिका दैनिक