पढ्न करिब 12 मिनेट लाग्छ
फागुन ११, काठमाडौं | त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचनको परिणाम धमाधम आइरहेको छ । त्रिविका ठूला र आंगिक क्याम्पसमा विभिन्न संगठनका अवरोधले निर्वाचन हुन नसके पनि तुलनात्मक रूपमा कम विद्यार्थी भएका क्याम्पसको परिणाम आइरहेको छ ।
बुधबार राति १२ बजेसम्मको परिणामअनुसार कांग्रेसनिकट नेविसंघले ८४ क्याम्पसमा अध्यक्ष जितेको महामन्त्री सरोज थापाले दाबी गरे । त्यस्तै एमालेनिकट अनेरास्ववियुले ८० क्याम्पसमा अध्यक्ष जितेको प्रवक्ता सुदीप शर्माले बताए । त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार उनको संगठनले ४३ क्याम्पस जितेको छ । उपत्यकाका तीन आंगिक क्याम्पसको परिणाम सार्वजनिक हुँदा तीन ठूला संगठनले एक–एक क्याम्पस जितेका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारी, जनप्रशासनमा नेविसंघ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु बिजयी भएका छन् ।
त्रिविका प्राय : सबै ठूला क्याम्पसमा भने तालाबन्दी छ । धेरैजसो तालाबन्दी २८ वर्ष कटेका र स्ववियु अध्यक्षका आकांक्षी रहेका विद्यार्थी नेताहरूको पहलमा भएको छ । त्रिविले स्ववियु नियममा २८ वर्ष माथिकाले उम्मेदवार हुन नपाउने व्यवस्था गरेपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्च अदालतले रिटको किनारा लगाएको छैन । त्यसैले अदालतबाट आफ्नो पक्षमा फैसला आउने आशामा नेताहरूले तालाबन्दी गराएका छन् । यस्ता आकांक्षीहरूमा त्रिचन्द्र क्याम्पसमा नेविसंघको तर्फबाट विष्णु पौडेल र जयन्द्र सुवार, अनेरास्ववियुको तर्फबाट उमेश आचार्य छन् ।
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका मनिस सिजापति र अखिलका माधव पन्त आकांक्षी छन् । महेन्द्ररत्न क्याम्पस ताहाचलमा सुदर्शन सिवाकोटी, मंकज भण्डारी र रामकृष्ण लामिछाने आकांक्षी छन् । नेपाल कमर्श क्याम्पसमा नेविसंघबाट गोपाल चौलागाई र अखिलबाट भुपेन्द्र शाह आकांक्षी छन् । नेपाल ल क्याम्पसमा नेविसंघबाट रञ्जीता कार्की र अखिलका बन्द्र नगरकोटि, हरि पंगेनी आकांक्षी छन् । अमृत साइन्स क्याम्पसमा अखिलका खड्गप्रसाद अधिकारी आकांक्षी छन् । पद्मकन्या क्याम्पसमा पनि अध्यक्षका आकांक्षी २८ वर्ष कटेका छन् ।
त्रिविका ६० वटा आंगिक क्याम्पस मध्ये उपत्यका सात र उपत्यका बाहिर गरी २१ वटामा मतदान सम्पन्न भएको छ । मतदान भएका क्याम्पसहरु:
भक्तपुर क्याम्पस
सानोठिमि शिक्षा क्याम्पस
जनप्रशासन क्याम्पस
महाराजगञ्ज चिकित्सा क्याम्पस
महाराजगञ्ज नर्सिङ क्याम्पस
पुल्चोक इन्जिनियरिङ क्याम्पस
थापाथली इन्जिनियरिङ
मेचि बहुमुखि क्याम्पस, झापा
भोजपुर क्याम्पस
केन्द्रीय प्रबिधि क्याम्पस, धरान
महेन्द्र बहुमुखि क्याम्पस, धरान
पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरान
डोटी क्याम्पस
धौलागिरी बहुमुखि क्याम्पस, बाग्लुङ
नर्सिङ क्याम्पस बिरगञ्ज
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा
हेटौडा बन बिज्ञान क्याम्पस, हेटौडा
नर्सिङ क्याम्पस, पोखरा
डडेल्धुरा शिक्षा क्याम्पस
सुर्खेत क्याम्पस
त्रिवि केन्द्रीय क्याम्पस
किर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसमा आठ विद्यार्थी संगठनले गरेको तालाबन्दीका कारण बुधबार हुने भनिएको स्ववियु निर्वाचन हुन सकेन । एक साता यता मतदाता नामावलीको विषयलाई लिएर विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । जसकारण बुधबार चुनाव हुन सकेन ।
त्रिचन्द्र क्याम्पस
काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा नेविसंघले गरेको तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेन । विद्यार्थीको माग छलफलबाट टुंग्याउने भनिए पनि क्याम्पस प्रशासनले त्यसमा चासो नदेखाएका कारण नेविसंघ लगायतका विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए ।
महेन्द्ररत्न क्याम्पस
ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस ताहाचलमा नेविसंघ र अखिल क्रान्तिकारी विप्लबले गरेको तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेन ।
पाटन संयुक्त क्याम्पस
ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा पनि तोकिएको मितिमा स्ववियु चुनाव हुन सकेन । वैद्य, विप्लब र नयाँ शक्तिनिकट विद्यार्थी संगठनले गरेको तालाबन्दीका कारण चुनावी प्रक्रिया अघि बढ्न नसकेपछि निर्वाचन समितिले चुनावी कार्यक्रम स्थगित गरेको थियो ।
नेपाल कमर्श क्याम्पस
मिनभवन स्थित नेपाल कमर्श क्याम्पसमा विद्यार्थी संगठनहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रेका थिए । निर्वाचन समितिले उनिहरुका माग सम्बोधन गर्न प्रयास गरे पनि सहमति नजुटेपछि बुधबारको चुनाव हुन सकेन ।
पद्मकन्या क्याम्पस
बागबजारस्थित पद्मकन्या क्याम्पसमा तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले गरेको तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेन । सैद्धान्तिक परीक्षा दिए लगत्तै निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोध गर्दा उनीहरूले ताला लगाएका हुन् ।
विश्वभाषा क्याम्पस
प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पसमा पनि तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेन । सो क्याम्पसमा वैद्य र विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी खारेज गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेका थिए ।
रत्नराज्यलक्ष्मी क्याम्पस
आरआर क्याम्पसमा पनि स्ववियु चुनाव हुन सकेन । नेविसंघ लगायतका केही संगठनले विभिन्न माग राख्दै सो क्याम्पसमा तालाबन्दी गरेका थिए ।
नेपाल ल क्याम्पस
प्रदर्शनीमार्ग स्थित नेपाल ल क्याम्पसमा विद्यार्थी संगठनले विभिन्न माग राख्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेपछि चुनाव समितिले गत आईतबार चुनाव स्थगित गरेको थियो ।
अस्कल क्याम्पस
सोह्रखुट्टेस्थित अस्कल क्याम्पसमा भर्नाको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएपछि स्ववियु चुनाव हुन नसकेको हो ।
सरस्वती बहुमुखी क्याम्पस
सरस्वति बहुमुखी क्याम्पस सोह्रखुट्टेमा अनेरास्ववियुको तालाबन्दीका कारण बुधबार स्ववियु चुनाव हुन सकेन । सो क्याम्पसमा बिबिएममा अध्ययनरत विद्यार्थीले मतदान गर्न पाउनुपर्ने माग राख्दै अनेरास्ववियुले तालाबन्दी गरेको थियो ।
पशुपति बहुमुखी क्याम्पस
चावहिल स्थित पशुपति बहुमुखी क्याम्पसमा नेविसंघ, वैद्य र विप्लब निकट अखिल क्रन्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले गरेको तालाबन्दीका कारण बुधबार स्ववियु चुनाव हुन सकेन ।
पब्लिक युथ क्याम्पस
सैद्धान्तिक परीक्षा सकिएसँगै विद्यार्थीको स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोधमा विद्यार्थीहरुले गरेको तालाबन्दीका कारण बुधबार पब्लिक युथ क्याम्पसमा स्ववियु चुनाव हुन सकेन ।
ललितकला क्याम्पस
अनेरास्ववियुले गरेको तालाबन्दीका कारण ललितकला क्याम्पसमा पनि स्ववियु चुनाव हुन सकेन । देशभरीका ठुला क्याम्पसमा चुनाव नहुने भएपछि ललितकलामा गर्नुको औचित्य नभएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको थियो ।
बाल्मिकी क्याम्पस
बाल्मिकी क्याम्पसमा विद्यार्थीले निर्वाचित व्यक्तिको पदावधी २ वर्ष नै हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेपछि चुनाव स्थगित भएको हो ।
रत्नराज्य र शंकरदेवमा २३ फागुनमा
धेरै मतदाता रहेका रत्नराज्य र शंकरदेव क्याम्पसमा २३ फागुनमा स्ववियु चुनाव हुने भएको छ । क्याम्पस प्रमुख डा. निर्मलाकुमारी सुवालले सूचना निकालेले चुनावबारे जानकारी गराएकी हुन् । पूवर्गठित निर्वाचन समितिले नै चुनाव गर्ने उनले जनाएकी छिन् । यसअघि १८ फागुनमा हुने भनिएको चुनाव तालाबन्दी तालाबन्दी, झडप र आगजनीका कारण स्थगित भएको थियो ।
विद्यार्थीले प्रशासनमा तालाबन्दी गरेका कारण क्याम्पसको लेटरप्याडमा विज्ञप्ती जारी गर्न नसकिएको बताइएको छ । नेविसंघ, अखिल क्रान्तिकारी विप्लव, अखिल क्रान्तिकारी बैद्य, संघीय समाजवादी फोरम, नयाँ शक्ति, अखिल (छैठौं) लगायतले क्याम्पसमा तालाबन्दी गरेका छन् ।
शंकरदेव क्याम्पसमा २३ फागुनमा स्ववियु चुनाव गर्ने सर्वपक्षीय सहमति भएको छ । क्याम्पस प्रमुख कृष्ण आचार्यका अनुसार सर्वपक्षीय सहमति भएर नया“ कार्यतालिकासमेत सार्वजनिक भएको छ । १८ फागुनमा उम्मेदवारी मनोनयन गर्ने, १९ फागुनमा दावी विरोध सहित अन्तिम नामावली प्रकासित गर्ने कार्यक्रम छ । केहि विद्यार्थी संगठनले सर्वपक्षिय छलफलमा नया“ मतदानको मितिमा सहमति गरेर बाहिर निस्केपछि त्यसको बिरोध गरेका छन् ।
नेविसंघले जितेका क्याम्पस र अध्यक्ष
१. गोकुलेश्वर कृषि क्याम्पस, बैतडी: राजेन्द्र बम
२. प्रकाश बहुमुखी क्याम्पस, काभ्रे: तृष्णा पन्त उप्रेती
३. नीलकण्ठ ब. क्याम्पस, धादिङ: सरोजराज पाण्डे
४. मछिन्द्र ब. क्याम्पस, धादिङ: प्रमोद गिरी
५. मंगला क्याम्पस, लमजुङ: विश्वनाथ मिश्र
६. कान्तिपपुर क्याम्पस, काठमाडौं: प्रवल बज्राचार्य
७. दीपायल क्याम्पस, डोटी: जीवन भण्डारी
८. घन्टेश्वर सेतीमहाकाली ब. क्याम्पस: जितेन्द्र बोहोरा
९. दूधकोसी क्याम्पस, सोलुखुम्बु: मिलन के.सी.
१०. त्रिपुरेश्वर शिक्षा क्याम्पस, सिन्धुली: वसन्त अधिकारी
११. कोट्देउला जनआदर्श क्याम्पस, दैलेख: रमाकुमारी नेपाली
१२. कपुरकोट क्याम्पस, सल्यान: सन्देश आचार्य
१३. सिंजा ब. क्याम्पस, जुम्ला: अमरसिंह खत्री
१४. त्रिपुरा सुन्दरी क्याम्पस, अछाम: भीम कुँवर
१५. राधा दामोदर संस्कृत विद्यापीठ, स्याङजा: सोभित पाठक
१६. सप्तकोषी ब.क्याम्पस, सुनसरी: प्रतीक राई
१७. अपिलम्पा क्याम्पस, हुती दार्चुला: तोयराज भट्ट
१८. राष्ट्रिय ब. क्याम्पस, दत्तु दार्चुला: धरेन्द्र धामी
१९ ठोकर्पा सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक: बसन्त महत
२० सरस्वती सस्कृत विद्यापिठ मणिग्राम, रुपन्देही: विष्णु पौड्याल
२१ मालुङ्गा सार्वजनिक ब. क्याम्पस, स्याङजा: खगेन्द्र भट्टराई
२२ मातृभुमि क्याम्पस, लमजुङ्ग: रमेश ढुङ्गेल
२३ भक्ति आदर्श क्याम्पस, लमजुङ्ग: शुसिल रेग्मी
२४ ईसानेश्वर क्याम्पस, लमजुङ्ग: सुनिल भुजेल
२५ सोताङ्ग पब्लिक क्याम्पस, सोलुखुम्बु: धिरज राई
२६ गौरीगंञ्ज क्याम्पस, झापा: देव राजबंशी
२७ काकरभिट्टा क्याम्पस, झापा: सुरज उप्रेती
२८ गुप्तेश्वर क्याम्पस, पर्वत: शिशिर क्षेत्री
२९ शहिद कृष्ण क्याम्पस, तनहुँ: शिर्षक भट्टराई
३० ज्योती ब. क्याम्पस, अर्घाखाँची: सागर वेलवासे
३१ जनप्रशासन ब. क्याम्पस, पर्वत: रमेश सुबेदी
३२ रुवाकोट महासिला ब. क्याम्पस,पर्वत: सिर्जना मल्ल ठकुरी
३३ रामपुर ब. क्याम्पस, कञ्चनपुर: भगत राना
३४ ककलिङ क्याम्पस , सिन्धुपाल्चोक: विमल योञ्जन
३५ जनसिद्धेश्वर ब. क्याम्पस, बाँके: चित्रकला पुन
३६ ज्ञानोदय ब. क्याम्पस, बाँके: हिमाल पंगेनी
३७ चापाकोट ब. क्याम्पस, स्याङजा: सबिन डोटेल
३८ गल्कोट बहुमुखी क्याम्पस, बाग्लुङ्ग: गुमानसिंह भण्डारी
३९ शहिद स्मारक क्याम्पस, काठमाडौ: निरञ्जन नेपाल
४० शंकरपुर क्याम्पस, दार्चुला: कमला पन्थ
४१ खप्तड बहुमुखी क्याम्पस, कैलाली: दिपक साउद
४२ नारद आर्दश क्याम्पस, उदयपुर: प्रताप राई
४३ लेटाङ्ग बहुमुखी क्याम्पस, मोरङ्ग: बिक्रम चापागाई
४४ खप्तड बहुमुखी क्याम्पस, तेह्रथुम: पवित्रा पौड्याल
४५ पार्वती बहुमुखी क्याम्पस, काभे्रपलाञ्चोक: पुरुषोत्तम तिमल्सिना
४६चैतन्य क्याम्पस, काभ्रेपलाञ्चोक, बनेपा: माधव शर्मा
४७ मंगल जय बिजय क्याम्पस, काभ्रेपलाञ्चोक: भिम श्रेष्ठ
४८ जिरखिम्ती बहुमुखी क्याम्पस, तेह्रथुम: दिपेन गौतम
४९ काभ्रे बहुमुखी क्याम्पस, काभ्रेपलाञ्चोक: यजेश्वर कायस्थ
५० आबुखैरेनी बहुमुखी क्याम्पसm तनहुँ: पुर्णिमा थापा
५१ सगरमाथा इन्जिनियरिङ क्याम्पस, ललितपुर: क्षितिज सिंह ठकुरी
५२ मोहन्यल बहुमुखी क्याम्पस, कैलाली: जिवन जैशी
५३ बिरगञ्ज नर्सिङ क्याम्पस, पर्सा: प्रसंशा पाण्डे
५४ गरामनि क्याम्पस, झापा: बिनोद उप्रेति
५५ त्रिबेणी बहुमुखी क्याम्पस, डडेल्धुरा: कृष्ण नाथ
५६ रोलेश्वर बहुमुखी क्याम्पस, कंचनपुर: आसा भट्ट
५७ जगन्नाथ बहुमुखी क्याम्पस, बैतडी: कमल भट्ट
५८ संस्कृत क्याम्पस, कास्की पोखरा: केशव आचार्य
५९ मेलौनी क्याम्पस, बैतडी: केशव चन्द
६० रुरु संस्कृत क्याम्पस, गुल्मी: सुर्यश रिजाल
६१ अरनिको बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक: हेमन्त श्रेष्ठ
६२ कालिकोट पञ्च देवल बहुमुखी क्याम्पस: प्रकाश अर्याल
६३ जनता बुहुमुखी क्याम्पस, सुर्खेत: पुरन रावल
६४ विरेन्द्र विद्यामन्दिर, कैलाली: धनञ्जय रिमाल
६५ लम्की ब. क्याम्पस, कैलाली: ललित जैशी
६६ देवकोटा ब. क्याम्पस, नवलपरासी: शुसिल चापागाई
६७ डोटी ब. क्याम्पस, डोटी: बालकृष्ण साउद
६८ हरैया बहुमुखी क्याम्पस, रुपन्देही: प्रकाश पौड्याल
६९ जनज्योति क्याम्पस, भिमाद तनहु: सुनिल श्रोष्ठ
७०. गल्याङ्ग ब. क्याम्पस स्याङजा: प्रेम नारायण रेग्मी
७१. त्रिभुवन आर्दश ब. क्याम्पस, स्याङजा: सुनिल चापागाँइ
७२. पोखरा नर्सिङ्ग क्याम्पस, पोखरा: अनामिका बस्नेत
७३. पाथीभरा ब. क्याम्पस , ताप्लेजुङ्ग: प्रेम कुमार राई
७४. बाणगंगा बहुमुखि क्याम्पस, कपिलबस्तु,: माधव पौडेल
७५. जनप्रसासन क्याम्पस, काठमाडौं: पंकज सुबेदी क्षेत्रि
अनेरास्ववियुले जितेका क्याम्पस र अध्यक्ष
१. पाटन बहुमुखी क्याम्पस,बैतडी: महेशप्रसाद भट्ट
२. सल्यान बहुमुखी क्याम्पस, सल्यान: रामबहादुर खत्री
३. मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा: नवीन बस्याल
४. शान्ति क्याम्पस, बझाङ: ईश्वर सिंह
५. खापरदेव क्याम्पस, बझाङ: पूजा कार्की
६. सेती क्याम्पस, बझाङ: विमला अवस्थी
७. आदर्श बहुमुखी क्याम्पस, धादिङ: रूपक गिरी
८. हनुमन्तेश्वर क्याम्पस, दोलखा: सन्तोष दाहाल
९. खोटाङ क्याम्पस,खोटाङ: सन्तोषी फुँयाल
१०. सिमपानी क्याम्पस, खोटाङ: रोशन पोखरेल
११. कानपुर क्याम्पस, काभ्रे: सुनिता तामाङ
१२. उद्ध–बुद्ध बहुमुखी क्याम्पस, पाल्पा: नवीन आचार्य
१३. अमरदीप क्याम्पस, सुर्खेत: हरि देवकोटा
१४. सिद्धदेवी क्याम्पस, पा“चथर: रविन सम्बाहाम्फे लिम्बू
१५. काठमाडौं कुलेश्वर क्याम्पस, काठमाडौं: सुशील गिरी
१६. कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला: कमला पन्त
१७. खप्तड आदर्श क्याम्पस दीपायल, डोटी: रमेश पचेरा
१८. बुडिनन्दा क्याम्पस कोल्टी, बाजुरा: केशरबहादुर भाट
१९ अन्नपूर्ण क्याम्पस कार्किनेटा,पर्वत: हिमाल श्रेष्ठ
२० जनहित बहुमुखी क्याम्पस जोमसोम,मुस्ताङ: रबिन बानियाँ गुरुङ
२१ जनक क्याम्पस,काभ्रे: सरला दाहाल
२२ सर्वदय क्याम्पस ,बागलुङ: शेखर थापा
२३ नमुना बागेश्वरी क्याम्पस,धादिङ: सन्दिप घिमिरे
२४ भिम ज्योति क्याम्पस ,सिन्धुली: चुणामणी श्रेष्ठ
२५ जिरी क्याम्पस, दोलखा: समीर खड्का
२६ रामेश्वर क्याम्पस संखुवासभा: नवीन याख्या राई
२७ माधी बहुमुखी क्याम्पस ,संखुवासभा: नवराज बडुवाल
२८ सिदार्थ बहुमुखी क्याम्पस ,स्याङ्जा: प्रतीष्ठा कार्की
२९ जितपुर क्याम्पस धनकुटा: प्रतिमा श्रेष्ठ
३० जाल्पा देवि क्याम्पस धनकुटा: सबित्रा घिमिरे
३१ कुशा देबि क्याम्पस काभ्रे: मन्दिरा घिमिरे
३२ रिडि बहुमुखी क्याम्पस, गुल्मी: राम प्रसाद पोख्रेल
३३ संजिवनी क्याम्पस काभ्रे: रमेश सिंह ठकुरी
३४ डेडिथुम्का क्याम्पस,काभे: सालिक राम प्राजुलि
३५ फुलबारी बहुमुखी क्याम्पस ,कैलाली: लक्ष्मण गिरि
३६ हिले बहुमुखी क्याम्पस धनकुटा: नरेन्द्र बहादुर राई
३७ गौरादह बहुमुखी क्याम्पस ,झापा: कमल पौडेल
३८ हिमशिखर बहुमुखी क्याम्पस सुर्खेत: रमेश शर्मा
३९ सरस्वती बहुमुखी क्याम्पस सिन्धुली: रमेश कटुवाल
४० गौमती बहुमुखी क्याम्पस सिन्धुली: उज्जल कुमार कार्कि
४१ त्रिवेणि क्याम्पस बझाङ: जय कुंवर
४२ ईन्द्रश्वरी बहुमुखी क्याम्पस सिन्धुपाल्चोक: बाल कृष्ण दुलाल
४३ मंगला शिक्षा क्याम्पस म्यादी: अनिशा भट्टराई
४४ रारा बहुमुखी क्याम्पस ,मुगु: गणेश सेजुवाल
४५ एकतप्पा बहुमुखी क्याम्पस ईलाम: हिमाल खनाल
४६ सिध्द ज्योती शिक्षा क्याम्पस सिन्धुली: दिपेन्द्र फुयाल
४७ सिगास शिक्षा क्याम्पस , बैतडी: बिक्रम सिंह ढाट
४८ त्रिदेव क्याम्पस झापा: लक्ष्मी न्यौपाने
४९ जलबिरे क्याम्पस सिन्धुपाल्चोक: अमृत थापा
५० परामन्द बहुमुखी क्याम्पस ,गुल्मी: शितल थापा
५१ श्रीमहादेव क्याम्पस नुवाकोट: प्रदिप नेपाल
५२ चन्द्रकोट बहुमुखी क्याम्पस गुल्मी: बिमला गौतम
५३ संखुवासभा बहुमुखी क्याम्पस ,संखुवासभा: मनोज योङ्जन तामाङ
५४ नेपालगन्ज नर्सिङ क्याम्पस ,नेपालगन्ज: सर्मिला थापा
५५ जनचेतना बहुमुखी क्याम्पस ,कालिकोट: प्रकाश सन्जेल
५६ सुनकुडा क्याम्पस ,बझाङ: महोन बोहोरा
५७ बझाङ दिप क्याम्पस ,बझाङ: लोकेश भण्डारी
५८ रघुनाथ बहुमुखी क्याम्पस ,कैलाली: सिध्दराज जोशी
५९ महाकाली बहुमुखी क्याम्पस , कंचनपुर: शुसिला चौधरी
६० निर्मल बहुमुखी क्याम्पस मकवानपुर: श्याम कडेल
६१ मनहरि बहुमुखी क्याम्पस ,मकवानपुर: नकुल अर्याल
६२ सोताङ बहुमुखी क्याम्पस सोलुखुम्बु: धिरज राई
६३ ग्रामप्रकाश बहुमुखी क्याम्पस पर्वत: राजेश हमाल
६४ अन्नपूर्ण सामुदायिक बहुमुखी क्याम्पस पर्वत: दिनेश श्रेष्ठ
६५ टिकासिंह बहुमुखी क्याम्पस ,बर्दिया: जीवन रिजाल
६६ सुनकोशी बहुमुखी क्याम्पस , सिन्धुपाल्चोक: अरुण पराजुली
६७ जलबिरे भ्याली क्याम्पस ,सिन्धुपाल्चोक: अमित थापा
६८ ईन्द्राबती बहुमुखी क्याम्पस सिन्धुपाल्चोक: बालकृष्ण दुलाल
६९ दोर्णाञ्चल बहुमुखी क्याम्पस दैलेख: अग्नि रिमाल
७० तेजगंगा बहुमुखी क्याम्पस काभ्रे: राजेश थापा
७१ मिर्मी बहुमुखी क्याम्पस स्याङ्जा: सरश्वती न्यौपाने
७२ बाजुरा क्याम्पस बाजुरा: चेतन ऐडि
क्रान्तिकारीले जितेका क्याम्पस र अध्यक्ष
१. इन्जिनियरिङ क्याम्पस, पुल्चोक: रोशन थापामगर
२. सिस्ने शिक्षा क्याम्पस, रुकुम: श्रीकुमार बुढाथोकी
३. स्यार्पु शिक्षा क्याम्पस, रुकुम: नवराज केसी
४. सिम्रुतु शिक्षा क्याम्पस, रुकुम: जीवन पुनमगर
५. सानोभेरी शिक्षा क्याम्पस, रुकुम: रामबहादुर विष्ट
६. बनगाड क्याम्पस, सल्यान: इन्द्रबहादुर बुढाथोकी
७. फारुला बहुमुखी क्याम्पस, सल्यान: रामप्रसाद शर्मा
८. शिवजन क्याम्पस, सल्यान: हरिप्रकाश वली
९. जनज्योति क्याम्पस, गुल्मी: सिर्जना घिमिरे
१०. त्रिपुरा क्याम्पस, दोलखा: शालिकराम उप्रेती
११.लटिनाथ बहुमुखी क्याम्पस, दार्चुला: नरबहादुर विष्ट
१२. गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला: भुवन भण्डारी
१३. गुराँस बहुमुखी क्याम्पस, बर्दिया: धनसरा ढकाल
१४.नेत्रावती सामुदायिक ब. क्याम्पस धादिङ: रामबाबु विष्ट
१५.नन्दादेवी ब. क्याम्पस, कालिकोट: लक्ष्मण बुढा
१६.नलगाड बहुमुखी क्याम्पस, जाजरकोट: राजन राना
१७.सगरमाथा आइटी कलेज, काठमाडौं: मनीष खत्री
१८. महालक्ष्मी क्याम्पस, ललितपुर लुभुमा: सरोज महर्जन
१९ प्रताप स्मृति कलेज,सिंगटी,दोलखा: नमराज बस्नेत
२० प्रभा वहुमुखी क्याम्पस,कात्तिके देउराली,काभ्रे: विनोद चौलागाई
२१ भाषा क्याम्पस ,धनकुटा: नवीन पौडेल
२२ पुष्पलता वहुमुखी क्याम्पस,लमजुङ: संगिता भुजेल
२३ मुसिकोट क्याम्पस,मुसिकोट रुकुम: नारायण केसि
२४ दाप्चाकृष्ण क्याम्पस,दाप्चा,काभ्रे: अमृत अधिकारी
२५ भेरी शिक्षा क्याम्पस, गुमी सुर्खेत: रितकुमार बिक
२६ लाम्पन्टार ब. क्याम्पस, सिन्धुली: विमल रमौली मगर
२७ जुगल बहुमुखी क्याम्पस,सांगाचोक,सिन्धुपाल्चोक: जयन्द्र श्रेष्ठ
२८ पालुङ वहुमुखी क्याम्पस,पालुङ,मकवानपुर: मुकेस घोले
२९ शितल शिक्षा क्याम्पस,चौरजहारी, रुकुम: अनुप पोखरेल
३० चौमाला बहुमुखी क्याम्पस ,कैलाली: प्रकाश आचार्य
३१ धुर्कोट पर्मानन्द भण्डारी व.क्याम्पस,गुल्मी: सितल थापा
३२ राडी शिक्षा क्याम्पस,आठविसकोट,रुकुम: खुवराज वली
३३ परोपकार आदर्श वहुमुखी क्याम्पस,जौवारी,गोर्खा: मिना पन्त
३४ जयपृथ्वीवहादुर सिंह वहुमुखी क्याम्पस,वझाङ, : रामचन्द्र रोकाय
३५ नवनेपाल क्याम्पस,जुगार ,रोल्पा: सुमित रानामगर
३६ सर्वमंगलादेवि बहुमुखी क्याम्पस,काभ्रे: तेजबहादुर मिजार
३७ सिरिङगेश्वर वहुमुखी क्याम्पस ,रानिवस: शिसन पाण्डे
३८ पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची: लक्ष्मण खड्का
३९ देवी वहुमुखी क्याम्पस,विर्तामोड,झापा: पदम खड्का रोशन
४० विपि संस्कृत विद्यापिठ,सोलुखुम्बु,: युवराज वास्तोला
४१ तिलाकर्णाली वहुमुखी वहुमुखी,मान्मा,कालिकोट,: भीमप्रसाद आचार्य