रामबहादुर थापा/भदौ १५, बागलुङ । बागलुङमा नयाँ एफ.एम. रेडियो खुलेको छ । कर्मभूमि कम्युनिकेशन एण्ड पब्लीकेशन प्रा.लि.ले स्थापना गरेको ‘रेडियो बुर्तिवाङ’ले आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ । असोजदेखि नियमित प्रसारणमा जाने रेडियोका स्टेशन म्यानेजर कृष्ण कँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रामबहादुर थापा/भदौ १५, बागलुङ । बागलुङमा नयाँ एफ.एम. रेडियो खुलेको छ । कर्मभूमि कम्युनिकेशन एण्ड पब्लीकेशन प्रा.लि.ले स्थापना गरेको ‘रेडियो बुर्तिवाङ’ले आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ । असोजदेखि नियमित प्रसारणमा जाने रेडियोका स्टेशन म्यानेजर कृष्ण कँ"/>
2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङमा नयाँ रेडियो खुल्यो

रामबहादुर थापा/भदौ १५, बागलुङ । बागलुङमा नयाँ एफ.एम. रेडियो खुलेको छ । कर्मभूमि कम्युनिकेशन एण्ड पब्लीकेशन प्रा.लि.ले स्थापना गरेको ‘रेडियो बुर्तिवाङ’ले आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ । असोजदेखि नियमित प्रसारणमा जाने रेडियोका स्टेशन म्यानेजर कृष्ण कँडेलले जानकारी दिनुभयो ।

‘न्याय, समानता र समृद्धिको लागि रेडियो बुर्तिवाङ’ भन्ने आदर्श वाक्यलाई आत्मसाथ गरि रेडियो स्थापना गरिएको उहाँको भनाइ छ । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिवाङमा खोलिएको रेडियोले ग्रामिण भेगका नागरिकलाई सूचनाको सरल पहुँचमा जोड्ने विश्वास लिइएको छ । ‘दुर्गम भेगका जनसाधारणसम्म सूचनाको सहज पहुँच पु¥याउन रेडियो स्थापना गरिएको छ’ म्यानेजर कँडेलले भन्नुभयो ‘यस क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण र जागरणको लागि पनि रेडियोबाट टेवा पुग्ने विश्वास लिएका छौं ।’ 

बुर्तिवाङ बजारमा मुख्य स्टेशन रहेको रेडियोको टावर भने बुर्तिवाङकै अर्नाकोट डाँडामा राखिएको छ । परिक्षणकालमा गीत, सङ्गीत मात्र प्रसारण गरेर स्रोता प्रतिक्रिया लिने काम भइरहेको रेडियो व्यवस्थापनले जनाएको छ । ५ सय वाट क्षमताको रडियो प्रसारण बागलुङको पश्चिम भेगसँगै छिमेकी जिल्ला गुल्मी, प्युठान, रुकुम, रोल्पा सम्मका केही भूभागमा पुग्ने जनाइएको छ । रेडियो बुर्तिवाङलाई एफ.एम. ब्याण्डको ९५ दशमलव ६ मेगाहर्जमा सुन्न सकिनेछ । यसअघि पनि बुर्तिवाङमै दुई वटा सञ्चालनमा छन् । 

रेडियो बुर्तिवाङसँगै बागलुङमा रेडियोको संख्या ९ पुगेको छ । २०६१ सालमा पहिलोपटक धवलागिरि अञ्चलकै पहिलो रेडियोका रुपमा धवलागिरि एफ.एम. बागलुङमा स्थापना भएको थियो । त्यसयता जिल्ला सदरमुकाम, गलकोट, बुर्तिवाङ, खरबाङ्ग र वरेङमा गरि नौ वटा रेडियो खुलिसकेका छन् । पछिल्लो पटक खुलेको रेडियो बुर्तिवाङ व्यवसायीक रेडियो हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई