पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/86fe5dc44afc1ca18b0da50f518b00281488420878.jpg" style="width: 500px; float: left;">फागुन १९, काठमाडौं | भारतले नेपालका लागि नयाँ राजदूतमा मन्जिभसिंह पुरीलाई नियुक्त गर्ने भएको छ । यससम्बन्धी भारताका तर्फबाट बुधबार नेपाल सरकारलाई जानकारी गराएको स्रोतले जनाएको छ ।<br></p><p>बेल्जियमका लागि भारतका राजदूत रहिसकेका सिंह भारतका करियर डिप्लोम्याट हुन् । उनले भारतीय विदेश मन्त्रालयमा संयुक्त राष्ट्रसंघ मामिला हेर्नुका साथै न्युयोर्कमा रहेर पनि भारत सुरक्षा परिषद्को अस्थायी सदस्य भएका बेलामा काम गरेका थिए ।</p><p>उनले सन् १९८२ मा भारतको विदेश मन्त्रालयमा काम शुरु गरेका थिए । - नेपाल समाचारपत्र </p>

