Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

सुकुम्बासीलाई बसेकै ठाउँको लालपुर्जा दिईने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १९, काठमाडौं | सरकारले सुकुम्बासी समस्या समाधानका लागि व्यवस्थित बसोबास आयोग गठन गरेको छ। आयोगले आवश्यक अध्ययनपछि सुकुम्बासीलाई अहिले बसोबास गरिरहेकै स्थानको लालपूर्जा दिनेछ।

व्यवस्थित बसोबास आयोग गठन गर्न भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले मन्त्रिपरिषदबाट ९ फागुनमा स्वीकृत गराएका थिए । राजपत्रमा प्रकाशित भएपछि बसोबास आयोगको कामले तीव्रता पाउने भूमिसुधार तथा व्यवस्था मन्त्रालयका उपसचिव गोपाल गिरीले बताए ।

यसअघि सुकुम्बासी समस्या समाधान गर्न १२ वटा आयोग गठन भएका थिए । अहिले गठन भएको व्यवस्थित बसोबास आयोग १३ औं आयोग हो ।

बसोबास आयोगले बसिरहेको स्थानमा लालपूर्जा दिएपछि अर्को ठाउँमा जग्गा फेला परे जफत हुने भएको छ। जग्गाको लालपूर्जा स्थलगत रुपमा अध्ययन गरेरमात्र दिइने योजना बनाइएको छ । – नयाँ पत्रिका