फागुन २१, काठमाडौँ । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ता वितरण गर्न ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँको अख्तियारी दिने निर्णय सरकारले गरिसकेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २१, काठमाडौँ । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ता वितरण गर्न ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँको अख्तियारी दिने निर्णय सरकारले गरिसकेक"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार निर्णय बनाउँछ, भूकम्पपीडित ऋण काढेर घर बनाउँछन्

२०७३, २१ फाल्गुन शनिबार ०१:४४

फागुन २१, काठमाडौँ । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ता वितरण गर्न ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँको अख्तियारी दिने निर्णय सरकारले गरिसकेको छ । 

तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक महिनाअघि नै दोस्रो किस्ता वितरणको अख्तियारी दिने निर्णय गरेको भए पनि पीडितले भने अझै उक्त रकम पाउन सकेका छैनन् ।  

नीलकण्ठ नगरपालिका-९ का प्रवलबहादुर दुवाडीले भूकम्प प्रतिरोधी घर बनाउन सरकारबाट अनुदानस्वरूप पाउने रकमको पहिलो किस्ता मंसिरमा लिनेबित्तिकै घर निर्माण सुरु गरे । घरको जग हालेपछि दोस्रो किस्ता दिने भनेर प्रचार गरिए पनि उनले पूरै घर बनाइसक्दासमेत दोस्रो र तेस्रो किस्ताको रकम नपाएपछि अन्योलमा परेका छन् ।

प्रवलबहादुरले भने, ‘घरको जग हालेदेखि इन्जिनियरले हेर्न आउँछ, जग भूकम्प प्रतिरोधी छ÷छैन बुझेर सिफारिस गरेपछि दोस्रो किस्ता पाइन्छ भन्थे, सरकारले भनेअनुसार नै बनाइएको छ, हेर्न इन्जिनियर पनि आएका छैनन्, फोटो खिचेर नगरपालिकामा पनि बुझाइयो तर पैसा पाउने कहिले होे कहिले केही थाहा छैन ।’

नीलकण्ठ-९ कै सुमन दुवाडीले पनि सरकारी मापदण्डअनुसार दक्ष प्राविधिककै सहयोगमा भूकम्प प्रतिरोधी नयाँ घर बनाइसकेका छन् तर उनको घरको मूल्यांकन गरिपाऊँ भनेर नगरपालिकामा निवेदन दिएको २ महिना भइसके पनि न मूल्यांकन भएको छ न त उनले दोस्रो किस्ताको रकम पाउने टुंगो नै लागेको छ । सुमनले भने, ‘अनुदानकै पैसामा भर परेर घर बनाइयो, पहिलो किस्ता बल्लबल्ल पाए पनि दोस्रो किस्ता कहिले हो कहिले ? घर बनाउने मिस्त्रीलाई ज्याला र काठपात खरिद गर्न पनि १५ प्रतिशत ब्याजदरमा साना किसान सहकारीबाट ऋण निकालेको छु, अब दोस्रो किस्ता लिँदा त ब्याजै तिर्न नपुग्ने पो हो कि भन्ने अवस्था भइसक्यो ।’

उत्तरी धादिङको सत्यदेवी गाविसका सोमबहादुर तामाङले पनि तालिम लिएको र रेडियो टिभीमा देखिएको भूकम्प प्रतिरोधी घरको प्रचारप्रसारकै भरमा तालिम प्राप्त सिकर्मी-डकर्मी लगाएर घर बनाउन थालेका छन् । घर बनाउँदै गर्दा माटो मुछिरहेका बेला उनले प्रश्न गरे, ‘जग पूरा हुनेबित्तिकै दोस्रो किस्ता आउँछ भन्थ्यो, हाम्रो त छाउन मात्रै बाँकी छ । दोस्रो किस्ता पाउन पाए जस्ता किनेर छाउन हुन्थ्यो । कहिले दिन्छ होला ? ‘

सोमबहादुरको मात्र होइन, पहिलो किस्ता लिएर घर बनाउन थालेका धादिङका ग्रामीण क्षेत्रका अधिकांश भूकम्पपीडितले गर्ने साझा प्रश्न हो यो । नलाङका वीरबहादुर सिलवालले भने, ‘पहिलो किस्ताले जग खनियो, ऋण खोजेर गारो तुरियो । अब सरकारले दिने भनेको दोस्रो किस्ता नपाएसम्म घर छाउने उपाय छैन ।’

घरको जग हालिसकेका भूकम्प प्रभावितले दोस्रो किस्ता छिट्टै पाउने खबरले खुसी भएकाहरू घर सम्पन्न भइसक्दासमेत दोस्रो किस्ता उपलब्ध नगराउँदा निरास बनेका छन् । जनताको आवश्यकताभन्दा आआफ्नै दुनो सोझ्याउने काम गर्न र आफूअनुकूल काम गराउनका लागि प्राधिकरण प्रमुख फेर्नचाहिँ सरकार लागिपरेकाले भूकम्पपीडितको वेदनामा सरकार गम्भीर नभएको भन्दै स्थानीय आक्रोशितसमेत भएका छन् ।

निजी आवास निर्माण अनुदानको पहिलो किस्ता ५० हजार लिएर घर निर्माण गरिरहेकाहरूले जतिसक्दो चाँडो दोस्रो किस्ता उपलब्ध गराइदिन आग्रह गरेका छन् । कुम्पुर-२ का भीमसेन मगरले भने, ‘अर्को किस्ता चाँडै आइहाल्छ भनेर घर बनाउन थालियो, आधा काम सकिएको छ, अहिले तत्काल पैसा पाइएलाजस्तो छैन । ऋणसमेत नपाएपछि घर बनाउने काम रोकिएको उनले गुनासो गरे । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ