फागुन २२, काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको मन्त्रीस्तरीय कार्यदलले २, ४ र ७ नम्बर प्रदेशका १० जिल्लामा १९ वटा स्थानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २२, काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको मन्त्रीस्तरीय कार्यदलले २, ४ र ७ नम्बर प्रदेशका १० जिल्लामा १९ वटा स्थानी"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० जिल्लामा १९ स्थानीय तह थप्ने तयारी

२०७३, २२ फाल्गुन आईतवार ०१:४४


फागुन २२, काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको मन्त्रीस्तरीय कार्यदलले २, ४ र ७ नम्बर प्रदेशका १० जिल्लामा १९ वटा स्थानीय तह थप गर्ने प्रारम्भिक मस्यौदा तयार गरेको छ । 

प्रदेश नम्बर २ का आठ जिल्ला तथा प्रदेश नम्बर ४ र ७ का एक–एक जिल्लामा स्थानीय तह थप गर्र्ने तयारी कार्यदलले गरेको हो । स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ संख्या सिफारिस गरेको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डे संयोजकत्वको कार्यदलले बढाउन चाहेको संख्यासमेत जोडिए अब स्थानीय तहको नयाँ संख्या ७ सय ३८ पुग्नेछ ।

आयोगले अधिकतम सात सय ४४ सम्म स्थानीय तहको संख्या बनाउन सक्ने मापदण्ड तयार गरेको थियो । कार्यदलले विवादित जिल्लामा संख्या थप गर्न बाध्यात्मक अवस्था आएमा मन्त्रिपरिषद्ले निर्णय गर्न सक्ने अधिकार प्रयोग गरी सात सय ३८ वटा सिफारिस गर्ने तयारी गरेको स्थानीय विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

कार्यदलले आज प्रतिवेदन बुझाउँदै : संघीय मामिला तथा स्थानीय विकासमन्त्री तथा कार्यदलका संयोजक हितराज पाण्डेले प्रतिवेदन अन्तिम तयारीमा रहेको जानकारी दिए । पाण्डेले भने, ‘प्रतिवेदनको औपचारिक टुंगो लागेको छैन, तर पनि चाँडै बुझाउने तयारीमा छौँ ।’ मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पनि सकेसम्म प्रतिवेदन आइतबार बुझाउने प्रयास भइरहेको जानकारी दिए । प्रतिवेदनको मस्यौदा तयार भइसकेको उनको भनाइ छ ।

४५ प्रतिशतको प्रस्तावले समस्या : तराईमा स्थानीय तहको संख्या ४५ प्रतिशत पुर्‍याउनुपर्ने कांग्रेसको धारणाका कारण कार्यदलले संख्या टुंगो लगाउन नसकेको स्रोतले बतायो । स्रोतका अनुसार मधेसी मोर्चाका सांसदले पनि कार्यदलसँगको छलफलमा तराईमा स्थानीय तहको संख्या ४५ प्रतिशत पुर्‍याए स्वीकार गर्ने बताउने गरेका छन् । 

आयोगले तोकेको संख्याका आधारमा मात्र हेर्दा तराईमा स्थानीय तहको संख्यात्मक प्रतिनिधित्व ३६ प्रतिशत मात्र छ । प्रधानमन्त्री प्रचण्ड ४० प्रतिशतसम्म पुर्‍याउन सकिने, तर मोर्चाले निर्वाचनमा सहभागी हुने ग्यारेन्टी गरी हस्ताक्षर गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

खोटाङ र नुवाकोटको विवाद मन्त्रिपरिषदमा पठाइने

खोटाङ र नुवाकोटका स्थानीयको आन्दोलन कसरी सम्बोधन गर्ने भन्नेमा कार्यदलमा अन्योल छ । 

गाउँपालिकाका वडा र नाम परिवर्तनको आन्दोलनमा रहेका ती जिल्लाका स्थानीय दुई धारमा बाँडिएपछि कार्यदल समस्यामा परेको हो । स्रोतका अनुसार एकल निर्णय दिँदा समस्या हुने भएकाले सुझाब दिएर मन्त्रिपरिषद्लाई नै निर्णयको जिम्मा दिने तयारी भएको छ । 

कार्यदल संयोजक स्थानीय विकासमन्त्री हितराज पाण्डेले खोटाङ र नुवाकोटको विषयमा सैद्धान्तिक आधार तयार गरी सिफारिसको तयारी भइरहेको बताए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा