फागुन २२, काठमाडौं । फागुन १३ गते पेप्सीकोला जाँदै गरेको बा ३ ख ९१२० नम्बरको टिपरले बा ६९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २२, काठमाडौं । फागुन १३ गते पेप्सीकोला जाँदै गरेको बा ३ ख ९१२० नम्बरको टिपरले बा ६९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की ग"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिपर चालकको ‘लापरबाही’ले सबैभन्दा धेरै दुर्घटना

२०७३, २२ फाल्गुन आईतवार ०२:०३

फागुन २२, काठमाडौं । फागुन १३ गते पेप्सीकोला जाँदै गरेको बा ३ ख ९१२० नम्बरको टिपरले बा ६९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की गम्भीर घाइते भए ।

फागुन १२ गते बालाजुबाट लैनचौर जाँदै गरेको बा ३ ख ४५७९ नम्बरको टिपर ट्याक्सीमाथि पल्टिँदा २२ बर्षीय श्यामबहादुर प्रधान गम्भीर घाइते भए । त्रिवि शिक्षण अस्तालमा उपचारको क्रममा उनको मृत्यु भयो ।

फागुन १ गते थानकोटबाट कलंकी आउँदै गरेको बा ७८ प १४६९ नम्बरको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको बा ३ ख ४५४५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो ।

माघ १८ गते बालाजुबाट स्वयम्भू जाँदै गरेको बा ४७ प ८३ १७ नम्बरको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको बा ४ ख १६७० नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भए । उपचारको क्रममा उनको पिपुल्स अस्पताल नयाँबजारमा मृत्यु भयो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबै घटनाको प्रमुख कारण हो, टिपर चालकको ‘लापरबाही’ । 

अधिकांश टिपर तीव्र गतीमा हुइँकाउँदा दुर्घटना भएको महाशाखाले जनाएको छ। यसको सिकार साना सवारी हुने गरेका छन् । ‘दुर्घटना अन्य सवारीमा पनि भइरहेको हुन्छन् ।’ महाशाखाका डिएसपी सबिन प्रधानले भने ‘टिपरको दुर्घटना भने बढी संवेदनशील हुन्छ ।’ 

टिपरले दुर्घटना गराएपछि कि त ज्यानै जान्छ, कि त गम्भीर घाइते हुने प्रधानले बताए। कानुनमा सजायदेखि सर्वस्वसहित जन्मकैदको व्यवस्था भए पनि अधिकांश चालकलाई निश्चित जरिवाना गराएर ३५ दिन जेलमा राखी मुक्त गरिन्छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा