Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण २२ गते, राति २:१७ बजे
काठमाडौँ - KTM

जापानी नोटलाई नेपाली बोट: यसबाटै बन्छ जापानी ‘येन’

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २२, काठमाडौं । जापानी नोट येन बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा प्रयोग हुने गरेको छ । 

सुन्दा अचम्म लागेपनि यही बिरुवाको बोक्रा बेचेर किसानहरुले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । अर्को आशालाग्दो तथ्यांक भेटिएको छ । त्यो हो नेपालबाट आर्थिक बर्ष २०७२,७३ मा ६० हजार किलो अर्गेलीको बोक्रा जापान निर्यात भएको छ । जसको मूल्य ३ करोड ५५ लाख ४२ हजार ६ सय ९५ रुपैयाँ बराबर हुन्छ । अर्गेलीको बोक्रा जापानी नोट बनाउन प्रयोग हुन्छ ।

अर्गेली पहाडी भेगमा पाइने एक प्रकारबो बिरुवा हो । जसको बोक्रा नेपालमा हाते कागज बनाउन प्रंयोग गरिन्छ । -नागरिक दैनिक