Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण २७ गते, राति २:३२ बजे
काठमाडौँ - KTM

आइतबारदेखि नयाँ स्थानीय संरचनाः गाविस, नगरपलिका र जिविस विघटन हुने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २७, काठमाडौं । नयाँ संरचना अनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछ । सोही दिनदेखि हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन् । नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह (गाउँपलिका र नगरपालिका) हुनेछन् ।

संविधानअनुसार स्थानीय तह पुनसंरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिकारीलाई बिहीबार निर्देशन दिएको छ । 

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रीपरिषद्बाट पारित स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशन हुने अन्तिम चरणमा रहेको बताएका छन् । – नागरिक दैनिक