Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत ०१ गते, राति १:४४ बजे
काठमाडौँ - KTM

पृथ्वीनारायण शाहको जन्म जयन्ती छुटेपछि

k By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत १, काठमाडौँ । गृह मन्त्रालयले ल्याएको सार्वजनिक छुट्टीसम्बन्धी प्रस्तावमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती छुटेपछि केही मन्त्रीहरुले विरोध गर्दा उक्त प्रस्ताव मन्त्रिपरिषदमा अस्वीकृत भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

गृह मन्त्रालयको प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने गरी प्रस्ताव नल्याएसम्म पारित गर्न नसकिने अडान केही मन्त्रीले लिएपछि उक्त प्रस्ताव मन्त्रिपरिषदबाट अस्वीकृत भएको हो। एक मन्त्रीका अनुसार आपूर्ति मन्त्री दीपक बोहोराले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने प्रस्ताव ल्याउनु पर्ने माग गरेपछि प्रस्ताव पारित नभएको हो।

‘उहाँले पृथ्वीजयन्तीको विषय उठाउनुभयो, अरु केही बिषय पनि मिलाउनु पर्ने देखिएकोले त्यो प्रस्ताव पारित नभएको हो,’ ती मन्त्रीले भने। गृहमन्त्री बिमलेन्द्र निधिले फागुन १७ गते स्वीकृत गरी फागुन २२ गते आइतवारको मन्त्रिपरिषद् बैठकमा छलफलका लागि प्रस्ताव गरिएको थियो। गत पुसमा पनि मन्त्रिपरिषद् बैठकमा सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पृथ्वी जयन्तीमा बिदा दिनु पर्ने माग राखेका थिए तर उनको मागको सुनुवाइ भएको थिएन ।

गृहमन्त्रालयको प्रस्ताव अनुसार मजदुर दिवस बैशाख १८ गते सोमबार,गणतन्त्र दिवस जेठ १५ गते सोमबार,निजामति सेवा दिवस भदौ २२ गते बिहीबार, संविधान दिवस असोज ३ गते मंगलबार,अन्तराष्ट्रिय अपाङग दिवस मंसिर १७ गते,शहीद दिवस माघ १६ गते मंगलबार,राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते सोमबार, अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते बिहीबारका लागि प्रस्ताव गरिएको छ।

गृह मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको प्रस्तावमा वुद्ध जयन्ती बैशाख २७ गते बुधवार, श्रीकृष्ण जन्माष्टमी साउन ३० गते सोमबार,नेपाली सिख धर्मालम्बीले मनाउने गुरु नानक जयन्ती कात्तिक १८ गते शनिवार,किराँत धर्मालम्बीले मनाउने फाल्गुनन्द जयन्ती कात्तिक २५ गते,जैन धर्मालम्बीले मनाउने महावीर जयन्ती चैत १५ गते र चैत ११ गते रामनवमी निर्धारण गरिएको उल्लेख छ। प्रस्तावमा विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित मुलुकका सार्वजनिक विदाहरुलाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक विदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रस्तावमा अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, प्रहरी,फायर ब्रिगेड,टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग,हुलाक,आकाशवाणी जस्ता आकिस्मक सेवा प्रदान गर्ने मन्त्रालय,बिभाग तथा कार्यालयहरुले सार्वजनिक विदाका दिनमा समेत काम काज गर्नु पर्ने हुँदा त्यस्ता कार्यालयहरुमा दैनिक काम नरोकिने गरी सार्वजनिक विदाका दिन काम गरेवापत प्रचलित कानुनको रीत पुरयाइ सट्टा विदा बस्न पाइने उल्लेख छ। -अन्नपूर्ण पोस्ट